२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

कर्णाली नदीमा सडेको अवस्थामा महिलाको शव फेला



हुम्ला । हुम्ला सदरमुकाम सिमकोटदेखि करिब ४० किलोमिटरको दूरिमा रहेको राया नजिकै कर्णाली नदीमा एक महिलाको शव फेला परेको छ । सोमबार बिहान खार्पुनाथ गाउँपालिका-३ को बोक्चेगौडा नजिकै कर्णाली नदीको किनारमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको हो ।

माछा मार्न गएका स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेको हुम्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए । प्रहरीले करिब एक महिना अघिदेखि हराइरहेकी महिलाका बुवालाई शवको सनाखतका लागि आग्रह गरेको थियो ।

असोज १३ गते बुवाआमाको नाममा पत्र लेखेर सदरमुकाम सिमकोटबाट बेपत्ता भएकी खार्पुनाथ-२ थाली गाउँकी १६ वर्षीया सुजाता रावल बेपत्ता भएकी थिइन् । उनको खोजी गरिरहेको प्रहरीले कुनै पत्ता लगाउन सकेको थिएन ।

युवतीको शव फेला परेसँगै बुवा देबराज रावललाई बोलाउँदा उनले प्रहरीलाई शव छोरीको भएको दाबी गरेका छन् । शव सडेर नचिनिने भएकाले डीएनए परीक्षण गरेर मात्रै शवको पुष्टि हुने प्रहरीले जनाएको छ ।

नाम्खा गाउँपालिका-४ याल्वाङ्गमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा कक्षा दशमा अध्ययन गर्दै आएकी सुजतालाई होस्टेलले निष्कासन गरेपछि बेपत्ता भएकी थिइन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ८ : १० बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका-२ स्थित फलबाङ गाउँमा बिहीबार राति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टद्वारा दाबी पेश, आजै शपथ

धनगढी, २९ साउन। । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली

बाजुरा पहिरो अपडेटः बेपत्ता महिलाको शव भेटियो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी

बरामद सबै सामग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बरामद गरेका सञ्चार