४ पुस २०८२, शुक्रबार | December 20, 2025

कर्णाली नदीमा सडेको अवस्थामा महिलाको शव फेला



हुम्ला । हुम्ला सदरमुकाम सिमकोटदेखि करिब ४० किलोमिटरको दूरिमा रहेको राया नजिकै कर्णाली नदीमा एक महिलाको शव फेला परेको छ । सोमबार बिहान खार्पुनाथ गाउँपालिका-३ को बोक्चेगौडा नजिकै कर्णाली नदीको किनारमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको हो ।

माछा मार्न गएका स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेको हुम्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए । प्रहरीले करिब एक महिना अघिदेखि हराइरहेकी महिलाका बुवालाई शवको सनाखतका लागि आग्रह गरेको थियो ।

असोज १३ गते बुवाआमाको नाममा पत्र लेखेर सदरमुकाम सिमकोटबाट बेपत्ता भएकी खार्पुनाथ-२ थाली गाउँकी १६ वर्षीया सुजाता रावल बेपत्ता भएकी थिइन् । उनको खोजी गरिरहेको प्रहरीले कुनै पत्ता लगाउन सकेको थिएन ।

युवतीको शव फेला परेसँगै बुवा देबराज रावललाई बोलाउँदा उनले प्रहरीलाई शव छोरीको भएको दाबी गरेका छन् । शव सडेर नचिनिने भएकाले डीएनए परीक्षण गरेर मात्रै शवको पुष्टि हुने प्रहरीले जनाएको छ ।

नाम्खा गाउँपालिका-४ याल्वाङ्गमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा कक्षा दशमा अध्ययन गर्दै आएकी सुजतालाई होस्टेलले निष्कासन गरेपछि बेपत्ता भएकी थिइन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ८ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको