२८ असार २०८३, आइतबार | July 12, 2026

रविन तामाङको सम्झनामा सांगीतिक प्रस्तुति हुँदै



काठमाडौं । रविनको ब्यान्ड ‘रविन एन्ड द न्यु रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ । दिवंगत कलाकार, संगीतकार तथा गायक रविन तामाङको सम्झनामा यो प्रस्तुति गर्न लागेको हो ।

गायक रविनको निधनपछि ब्यान्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक सांगीतिक प्रस्तुति गर्न लागेको आयोजक पक्षले जनाएको छ । गायक रविनको गत जुलाई ४ मा निधन भएको थियो ।

कार्यक्रममा सांगीतिक ब्यान्ड एक्सिसले पनि आफ्नो प्रस्तुति दिनेछ । एक्सिसले नेपाल टुरअन्तर्गत काठमाडौंमा पहिलोपटक ‘एक्सिस लाइभ इन काठमाडौं’मार्फत आफ्नो गीत सुनाउन लागेको हो । पोजेटिभ भाइस इन्टरटेनमेन्ट नेटवर्क (पीभीई)को प्रस्तुतिमा यो कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा रविन एन्ड द न्यु रिभोल्युसनका सदस्यसँग मिलेर अन्य गायकले ‘नेपाल’, ‘भूलमा भुल्यो’, ‘केटाकेटी’, ‘दम मरु दम’, ‘चिसो चिसो’ र ‘जति माया लाए पनि’लगायतका गीत पनि सुनाउनेछन् । ब्यान्डले कार्यक्रममा आफ्ना चर्चित गीत ‘मुस्कान’, ‘अधुरो प्रेम’, ‘मेरो प्रेम’, ‘सात समुन्द्रपारि’ र पछिल्लो रिलिज ‘पाइला’ सुनाउनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : २९ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै