२८ भदौ २०८३, आइतबार | September 13, 2026

अस्ट्रेलियाविरुद्ध टी-२० सिरिज खेल्ने भारतीय टिमको घोषणा, सूर्यकुमार बने कप्तान



काठमाडौं । भारतले अस्ट्रेलियाविरुद्धको टी- २० सिरिजका लागि टिमको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अस्ट्रेलियाविरुद्धको सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा टिमको घोषणा गरेको हो ।

टिममा अनुभवी विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनलाई फेरी नजरअन्दाज गरिएको छ भने विश्वकप खेल्न नपाएका स्पीनर युजवेन्द्र चहललाई पनि स्थान दिइएको छैन ।

सार्वजनिक गरिएको टोलीमा एक दिनअघि समाप्त भएको एकदिवसीय विश्वकप टोलीबाट सूर्यकुमार, इशान किशन र प्रसिद कृष्णसहित ३ खेलाडीले मात्र स्थान पाएका छन् । विश्वकप खेलेका श्रेयस अय्यर अन्तिम दुई खेलमा टिममा समावेश हुने र उनलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । पहिलो ३ खेलमा रुतुराज गायकवाडलाई उपकप्तान बनाइएको छ ।

अष्ट्रेलियाविरुद्धको टी-२० सिरिज नोभेम्बर २३ बाट सुरु हुँदैछ । पहिलो खेल विशाखापट्टनममा हुनेछ । दोस्रो खेल त्रिवान्तपुरममा नोभेम्बर २६ मा, तेस्रो खेल गुहाटीमा नोभेम्बर २८ मा, चौथो खेल रायपुरमा डिसेम्बर १ मा र  पाँचौं खेल बेंगलुरुमा डिसेम्बर ३ मा हुनेछ ।

भारतको टी- २० टिम: सूर्यकुमार यादव (कप्तान), ऋतुराज गायकवाड (उपकप्तान), इशान किशन, यशस्वी जैसवाल, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वाशिंगटन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि बिश्नोई, अर्शदीप सिंह, प्रशिद कृष्ण, आवेश खान र मुकेश कुमार ।

अष्ट्रेलियाको टी- २० टिम:  म्याथ्यू वेड (कप्तान), जेसन बेहरेनडोर्फ, सीन एबोट, टिम डेभिड, नाथन एलिस, ट्राभिस हेड, जोस इंग्लिस, केन रिचार्डसन, ग्लेन म्याक्सवेल, तनवीर सांघा, म्याट सर्ट, स्टिभ स्मीथ, मार्कस स्टोइनिस, एरोन हार्डी र एडम जाम्पा ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १ : ३४ बजे

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत