काठमाडौं । देशका केही भू-भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।
विभागले कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।



















प्रतिक्रिया