२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

शंखधर साख्वाको सपना सरकारले पूरा गर्दै छ : मन्त्री शर्मा



काठमाडौं । सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय, समानताको पक्षमा अगाडि बढ्न गरिरहेको कोशिस शंखधर साख्वाले देखेको सपनाको निरन्तरता भएको बताएकी छन् ।

उनले भनिन्, ‘हामीले देशमा भएको थुप्रै समस्या समाधान गरेर जने क्रममा सुशासन,सामाजिक न्याय,समानताको पक्षमा जसरी अगाडि बढ्ने कोशिस गरिरहेको छौ, यो कोशिस पनि शंखधर साख्वाले देखेको सपनाको निरन्तरता हो भन्ने ठान्छु ।’

राष्ट्रिय विभूति शंखधर साख्वा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री शर्माले नेपाल संवत ११४४ सुरु भएदेखि सबै सरकारी कागजातमा कामकाजी भाषामा नेपाल भाषाको प्रयोग गर्ने सरकारको निणर्यले साख्वाले देखाएको बाटोमा समाजलाई लैजान थप मद्दत पुग्ने धारणा राखिन ।

सो कार्यक्रममा काठमाडौं महानगरपालिका उप-प्रमुख सुनिता डंगोलले पद्मरत्न तुलाधारको नाममा स्थापित पद्मरत्न तुलाधर लुमति गुठीले गरिरहेको राम्रा कामको निरन्तरताका लागि महानगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताएकी छन् ।

डंगोलले भनिन्, ‘कामठमाडौं महानगरपालिकाले पद्मरत्न तुलाधर लुमति गुठीले गरिरहेको राम्रा कामलाई ठूलो स्केलमा गर्नुपर्छ भनेर औपचारिक र संस्थागत रुपमा कामहरु अगाडि बढाउनुपर्छ भनेर महानगरको ‘कल्चरल सिटी’ को भिजनमा अनुसार गुठीलाई १० लाख बजेट दिने निर्णय गरेका छौँ । पद्मरत्न तुलाधर ज्यु ले जुन सपना देख्नुभएको छ र शंखधर साख्वा दिवस मनाइरहेको महत्त्व छ, यो लक्ष्य पूरा गर्नको लागि तुलाधरको नाममा स्थापित पद्मरत्न तुलाधर लुमति गुठीले त्यो कार्यलाई अगाडि बढाओस भन्नका लागि महानगरले बजेट बिनियोजन गरेको हो ।’

उपप्रमुख डंगोलले नेपाल भाषाको सरकारी कामकाजको कार्यान्वयनमा स्थानीय जनतको महत्त्वपूर्ण भूमिका हुने भन्दै उनले नेपाल संवत मनाउने नीतिगत निर्णयसँगै त्यसको कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिइन् । उनले बालबालिकालाई स्थानीय रहनसहन, परम्परा, संस्कृतिलगायतका विविध कुराहरू सिकाउन स्थानीय सरकार सँगै घरपरिवारको भूमिका महत्त्वपूर्ण हुने भन्दै त्यसको लागि आग्रह गरिन् ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ११ : ३६ बजे

शशांकको घोषणा – ‘देउवा नै कांग्रेसका सभापति र नेता हुनुहुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा संस्थापनइतर समूहको राष्ट्रिय भेला

सुकेधारामा संस्थापन इतर कांग्रेसको शक्ति प्रदर्शन, देउवा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेला

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका-२ स्थित फलबाङ गाउँमा बिहीबार राति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टद्वारा दाबी पेश, आजै शपथ

धनगढी, २९ साउन। । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली