५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

आगामी २४ घण्टामा इजरायल-हमास युद्धबिराम सुरू भएको घोषणा गरिने



काठमाडौं । कतारले आगामी २४ घण्टामा युद्धविरामको समय सुरू भएको घोषणा गरिने जनाएको छ । यो युद्धविराम चार दिनका लागि लागू हुने र ‘अझै लम्बिन सक्ने’ पनि बताइएको छ ।

हमासले कब्जामा लिएका इजरायली बन्धकहरूलाई लिएर बहुप्रतिक्षित सम्झौता भएको छ । प्रारम्भिक चरणमा चार दिनसम्मको अस्थायी युद्धविरामको बदलामा महिला र बालबालिकासहित ५० बन्धकहरूलाई रिहा गरिनेछ ।

यद्यपी यी बन्धकहरूलाई कहिले रिहा गर्ने र अस्थायी युद्धविराम कहिलेदेखि लागू हुने भन्नेबारे कुनै जानकारी दिइएको छैन ।

यसबाहेक, प्रत्येक थप १० जना बन्धकहरूलाई रिहा गरेपछि थप एक दिन युद्धविराम हुने पनि सम्झौतामा भनिएको छ ।

यस सम्झौताका सम्बन्धमा हमासले एक विज्ञप्ति जारी गर्दै ५० इजरायली बन्धकको बदलामा इजरायली जेलमा रहेका १५० प्यालेस्टिनी महिला र बालबालिकालाई रिहा गरिने जनाएको छ ।

यस सम्झौता अन्तर्गत मानवीय सहायता, अत्यावश्यक औषधि र इन्धनले भरिएका सयौं ट्रक गाजा प्रवेश गर्नेछन् । हामासको विज्ञप्तिमा इजरायलले चार दिने युद्धविरामको अवधिमा कुनै पनि आक्रमण नगर्ने र कसैलाई पनि गिरफ्तार नगर्ने बताइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १ : ०३ बजे

कांग्रेसमा कोइराला परिवारको उदाउँदो नक्षर सुधान्सु कोइराला

नेपालगन्ज । ४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट

गोकर्णको सपना : गुल्मी राष्ट्रिय प्रसारण लाइनमा जोडियो, १३२ केभी विद्युत प्रवाह सुरु

गुल्मी । लामो प्रतीक्षापछि गुल्मी जिल्ला राष्ट्रिय विद्युत प्रसारण प्रणालीसँग

२० अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको

नेकपा (संयुक्त)द्वारा घोषणापत्र सार्वजनिक, विदेशी सहयोगमा निर्भरता अन्त्य गर्ने (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त०ले आफ्नो

लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न