१८ श्रावण २०८३, सोमबार | August 3, 2026

‘नेपाल संवत् मुलुकको गौरव’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको मौलिक संवत्का रूपमा नेपाल संवत् स्थापित भएको बताएका छन् ।

नेपाल संवत् मूल समारोह समितिद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले हरेक राष्ट्रको मौलिक संवत् प्रचलनमा रहेको सन्दर्भमा नेपाल संवत् पनि नेपालको मौलिक संवत् भएको बताए ।

विसं २०६५ मा आफू नेतृत्वको सरकारले नै नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसका लागि वाम अधिकारकर्मी पद्मरत्न तुलाधर र कवि दुर्गालाल श्रेष्ठको महत्त्वपूर्ण योगदान भएको बताए । श्रेष्ठ र तुलाधारले नेपाल संवत् तर्क र तथ्यसहित राष्ट्रिय संवत् हो भनेर ज्ञान दिएको प्रधानमन्त्रीले स्मरण गरे ।

केही दिनअघिको मन्त्रिपरिषद्को बैठकले नेपाल संवत्लाई सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय गरेको थियो । त्यसका लागि उत्प्रेरित गर्ने सबैलाई प्रधानमन्त्रीले धन्यवाद दिए । “यो हाम्रो संवत् हो सामाजिक न्यायसँग जोडिएको संवत् हो । सरकारी दस्तावेजमा उल्लेख गर्न नेवार समुदायको भूमिका महत्त्वपूर्ण छ ।”

नेपाल संवत् नेवार समुदायको मात्रै नभई प्रत्येक नेपालीको भएको प्रधानमन्त्रीले बताए । “यसमा गर्व गर्नुपर्छ । मौलिक संवत्को रूपमा स्थापित गर्नुपर्छ”, उनले भने ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएको वास्तविकता प्रस्तुत गर्दै प्रधानमन्त्रीले सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनाले ओतप्रोत नेपाल संवत्ल ‘सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली….’ पनि सोही भावनालाई मुखरित गरेको बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत विगतमा उत्पीडनमा रहेका समुदायले केही अधिकार प्राप्त गरेका उल्लेख गर्दै प्रधानमन्त्रीले ठूलो त्याग र बलिदानबाट ती उपलब्धि भएका बताए ।

नेपाली जनताले ७० वर्ष लामो आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई थप स्थापित गरेर जानुपर्नेमा प्रधानमन्त्री प्रचण्डले जोड दिए ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्दै अगाडि बढ्नु आजको आवश्यकता भएको बताए । “सम्पूर्ण दल सचेत भएर अगाडि बढ्नुपर्छ, संविधानको भावना र मर्मलाई बुझेर कार्यान्वयन गर्न जुट्नुपर्छ”, उनले भने ।

अधिकारकर्मी मल्लके सुन्दरले नेपाल संवत्सम्बन्धी समाचार प्रकाशन गर्न नदिएर राजतन्त्रले जनतामाथि ज्यादती गरेको तितो विगत सुनाए ।

मन्त्रिपरिषद्बाट एकमतबाट गराइएको नेपाल संवत्लाई सबै सरकारी दस्तावेजमा उल्लेख गर्ने निर्णय ऐतिहासिक भएको बताउँदै पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले त्यसको स्वागत गरे ।

पूर्वमन्त्री जीवनराम श्रेष्ठले गणतन्त्रअघिका राज्य व्यवस्थाले जनतालाई अधिकार नदिएर दमन गरेको उल्लेख गर्दै प्रजातन्त्रको पुनःस्थापना र गणतन्त्रपछि मात्रै जनताले वस्ताविक अधिकार उपयोग गर्न पाएका बताए ।

पूर्वमन्त्री भीमसेनदास प्रधानले जनताको सङ्घर्षको बलमा समावेशी, समानुपातिक, धार्मिक स्वतन्त्रतासहितको धर्मनिपेक्षतालगायत उपलब्धि प्राप्त भएको जनाउँदै प्राप्त उपलब्धिको रक्षार्थ सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : ११ बजे

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा