४ पुस २०८२, शुक्रबार | December 19, 2025

सामुहिक बलात्कार आरोपमा खजुराबाट ३ जना पक्राउ



खजुरा । बाँकेको खजुराका ३ जनालाई सामुहिक बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । २० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खजुराका तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका-१ जलपोखरी बस्ने २० वर्षीय युवराज राना, २० वर्षीय समिर थापा र २२ वर्षीय प्रबिण थापा रहेका छन् ।

युवराज, समिर, प्रबिण र जानकी गाउँपालिका-२ चौधरीपुर बस्ने २० वर्षीय सन्देश थापा क्षेत्रीले २० वर्षिय युवतीलाई गाउँपालिका-१ जलपोखरीस्थित अरहरी बारीमा लगि कात्तिक ३० गते पालै पालो जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सन्देश थापा क्षेत्री भने फरार रहेका छन् । फरार थापा क्षेत्रीको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको