१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको भविष्यसँग जोडिएको छ : अध्यक्ष वझा



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष जीवनप्रसाद वझाले बुधबार पदभारण ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष वझाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका जनताको भविष्यसँगै जोडिएकाले सोही अनुसार अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

अस्पतालको सेवा बुटवलको भविश्यसँग जोडिएकालेपनि अस्पतालमा आउने सेवाग्राहीलाई अपनत्व महशुस हुनेगरी व्यवहार गर्न सुझाब दिँदै वझाले सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आ(आफ्नो ठाउँमा जिम्मेवार भएर लाग्न निर्देशन गरे । उनले अस्पतालमा रहेको स्वास्थ्य बिमा कार्यक्रमलाई थप सहज र व्यवस्थित बनाउने गरि अघि बढ्ने बताए । आवश्यक जनशक्ति थप गर्ने तथा प्रविधिको व्यवस्थामा आफ्नो प्राथमिकता रहने पनि उनले बताए ।

अस्पताललाई बुटवलबासीको ठूलो गहनाको रुपमा बिकास गर्न आफ्नो पहल रहने उनले भनाई छ। उनले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा सम्पूर्ण परिवारको सहयोग र साथमा आफू अघि बढ्ने जनाए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले अस्पतालको बिकाससँग बुटवलको भविष्य जोडिएको बताए । उनले बुटवललाई स्वास्थ्यको हब बनाउनेगरी सहकार्य गर्न आवश्यक रहेको बताउँदै त्यसकालागि सबै सामाजिक संघ(संस्था तथा राजनीतिक दलहरु एक भएर लाग्नु पर्नेमा जोड दिए ।

बुटवल उद्योग वाणीज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सेवाग्राहीले महशुस गर्न सक्नेगरि अघि बढ्न अध्यक्ष वझालाई सुझाब दिए ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले अध्यक्ष वझालाई स्वागत गर्दै अब नयाँ ढङ्गले अघि बढ्न अस्पताल परिवारलाई थप उर्जा प्राप्त भएको उल्लेख गरे । अस्पतालमा बिकासका लागि एक भएर अघि बढ्न प्रतिवद्ध भएको उल्लेख गर्दै थापाले जनशक्ति व्यवस्थापन, भौतिक संरचनाको व्यवस्था लगायतका समस्या बारे जानकारी गराए ।

 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : ५६ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्