२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

बुटवलमा पुस ५ देखि लुम्बिनी एक्स्पो २०८० हुँदै, एक्स्पोलाई नयाँपन दिन व्यवसायीको सुझाव



बुटवल । बुटवलमा पुस ५ गतेबाट लुम्बिनी एक्स्पो २०८० हुने भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा आगामी पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुन गैरहेको लुम्बिनी एक्स्पो–२०८० को तयारीका क्रममा विहिवार रुपन्देहीमा क्रियाशिल व्यवसायीक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसंग छलफल गरिएको छ ।

प्रदर्शनीस्थल बुटवल मण्डपमा भएको छलफल कार्यक्रममा अहिलेको आर्थिक मन्दीका वेलामा व्यवसायीक प्रर्वद्धन र आर्थिक गतिविधि बढाउन एक्स्पोलाई कोशेढुङगाको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ । बुटवलमा आयोजना हुने मेला प्रदर्शनीहरुप्रति देशभरबाट चासो व्यक्त हुने र अन्यले सिको गर्ने भएका कारण त्यसको स्तर गिर्ने गरि कार्यक्रम नगर्न सहभागीहरुले आयोजकलाई सुझाव दिएका छन् । उनीहरुले एक्स्पोलाई भिन्न र आम उपभोक्ताहरुको चाहानालाई पुरा गर्ने गरि आयोजना गर्न पनि सुझाएका छन् ।

छलफल कार्यक्रमको सुरुवात गर्दै संघका अध्यक्ष तथा एक्स्पो मुल आयोजक समितिका संयोजक कृष्णप्रसाद घिमिरेले एक्स्पोलाई कसरी राम्रो र व्यवस्थित रुपमा आयोजना गर्न सकिन्छ भनी सुझाव र सल्लाह लिनका लागि कार्यक्रमको आयोजना गरिएको बताए । उनले बुटवलमा हुने मेला प्रदर्शनीहरु सबै व्यवसायीक संघसंस्थाहरुको साझा कार्यक्रम हुने गरेको उल्लेख गर्दै सहयोगको अपेक्षा व्यक्त गरे ।

अध्यक्ष घिमिरेले एक्स्पोको असफलताले यस क्षेत्रको आर्थिक गतिविधिमा मात्र असर नपार्ने भई आगामी दिनमा आयोजना गर्ने मेला महोत्सवलाई पनि प्रभाव पार्ने हुदाँ आफुहरु सचेत भएर काममा लागेको बताएका थिए ।

ग्रामिण तथा कृषि लघु, घरेलु तथा साना उद्योगको विकास र प्रर्बद्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेला नेपाली वस्तु प्रयोग गर्न र उद्यमी व्यवसायी बन्न प्रेरक बन्ने अध्यक्ष घिमिरेले विश्वास व्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले एक्स्पोलाई स्वदेशी उत्पादनको प्रर्वद्धन र पहिचान गराउने गरि आयोजना गर्न आग्रह गर्दै प्रदर्शनीस्थलको निमार्ण कार्यमा भैरहेको ढिलाईले प्रदर्शनीको विविधिकरण आउन नसकेको तथा सञ्चालन खर्च बढ िभैरहेको हुदा निमार्णको काम चाडो गर्न दवाव दिनु पर्नेमा जोड दिए । रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले पुराना कमजोरी सुधार गर्दै मेला प्रर्दशनीले आर्थिक तथा व्यवसायीक गतिविधि बढाउन मद्दत पुग्ने भएका कारण त्यसमा विविधिकरण ल्याउन आग्रह गरे ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले एक्स्पोको असफलता भनेको व्यापार संघको मात्र असफलता नहँदा त्यसको सफल आयोजनामा सबैको साथ र सहयोग जरुरी भएको बताऐ । उनले बुटवलको मेलाको साख गिर्न नदिने वारेमा आयोजक संस्था गम्भिर बन्नु पर्ने सुझाव दिदै व्यवसायीहरुका हित र आवश्यक्ताहरु पहिचान गरि सहकार्यको वातावरण विगार्न नहुने धारणा राखे ।

कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डे, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीलगायतले एक्स्पो सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

मेला सचिवालय बुटवल मण्डपमा
लुम्बिनी एक्स्पो तथा अन्तराष्ट्रिय व्यापार मेलाको तयारीका लागिप्रदर्शनी स्थल बुटवल मण्डपमा मेला सचिवालय स्थापना गरि काम अगाडी बढाइएको छ ।

एक्स्पो सम्पन्न गर्न आवश्यक निमार्ण कार्य गर्ने तथा अन्य कामको तयारीका लागि मेलास्थलमा कार्यालय सञ्चालन गरिएको संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताए । प्रदर्शनी स्थलमा सञ्चालनमा आएको सचिवालयबाट एक्स्पोको आवश्यक तयारीका कामहरु भैरहेको कार्यालय प्रमुख पोखरेलले बताए । पोखरेलका अनुसार मेलाको तयारी स्वरुप स्टल दर्ता, आन्तरिक तयारी बैठकहरु, मैदान सम्याउने, स्टल निमार्ण, बाल उद्यान निमार्णको काम सुरु भएको छ । तिहार लगतै एक्स्पोका कामहरु द्रुतगति अगाडी बढेको छ ।

एक्स्पोमा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादनको प्रर्दशन, हस्तकला, जडिबुटी तथा कृषि उत्पादन,औद्योगिक मेशिनरी तथा उपकरण,अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, मोवाइल, सूचना प्रविधि लगायतका ५ सय भन्दा बढी स्टलहरु समावेश गरिने मेलाका सदस्य सचिव तथा संघका महासचिव दयानिधि भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ५ : २० बजे

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले

लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको