१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

लुम्बिनी एक्स्पोमा प्रबिधियुक्त सुरक्षा ब्यवस्था मिलाइने



बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा आगामी पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुन गैरहेको लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलाको तयारीको क्रममा सुरक्षा प्रवन्धका विषयमा सुरक्षा निकायका प्रमुखसंगको बैठक सम्पन्न भएको छ । बुधवार आयोजना स्थल बुटवलमण्डपमा आयोजना गरिएको मुल आयोजक समिति र सुरक्षा निकायका प्रमुखहरुसंगको संयुक्त बैठकले मेलालाई व्यवस्थित र सहज अवलोकनको प्रवन्ध मिलाउन सबैप्रकारका उपाय अवलम्बन गर्ने निर्णय गरेको छ ।

मेला अवधिभर आम दर्शक उपभोक्ता एवं स्टल सहभागीहरुको सुरक्षा व्यवस्थालाई कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ भन्ने बारेमा जिल्लामा रहेका सुरक्षा निकायहरुसंग छलफल गरिएको कार्यालय प्रमुख सरोज पोखरेलले जानकारी दिए ।

बैठकमा मेलाको आयोजनाको प्रमुख पाटोका रुपमा रहेको सुरक्षा प्रवन्धमा कुनै प्रकारको कमीकमजोरी र ढिलाई हुन नदिने विषयमा आयोजक र सुरक्षा निकायवीचको समन्वयमा जोड दिइएको छ । मेलामा आन्तरिक र वाह्य सुरक्षाको व्यवस्थालाई कडाई गर्दै मेलामा कुनै प्रकारको कानुनविपरितका क्रियाकलाप गर्न छुट नपाईने कुरामा जोड दिइएको थियो ।

मेला सञ्चालनका क्रममा अवलोकनकर्ता तथा सहभागि स्टलधनीहरुको सबैप्रकारका सुरक्षाको प्रवन्ध मिलाउने दायित्व आयोजकको रहेको हुदा त्यसमा सुरक्षाकर्मीहरु सहयोगि बन्ने प्रतिवद्धता सुरक्षा निकासका प्रमुखहरुले व्यक्त गरेका थिए । उनीहरुले मेला मर्यादित र व्यवस्थित बनाउन प्रविधिको प्रयोगमा जोड दिएका थिए ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मेलाको सुरक्षा प्रवन्धका लागि एकिकृत सुरक्षाको प्रवन्ध मिलाउन सुझाव दिदै स्मार्ट सुरक्षाको तयारी गर्न आग्रह गरे । अर्यालले नयाँ सोंच र योजनाकासाथ आयोजना गर्न लागिएको मेलाको सफलताले यस क्षेत्रको समग्र विकासलाई सहयोगी बन्ने विश्वास व्यक्त गरे । उनले मेलामा सुरक्षा निकायहरुसंगको समन्वयमा सबै प्रकारका तयारीसाथ काम अगाडी बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा मेलामा हालसम्म भएका तयारीका बारेमा जानकारी गराउदै मुल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले आयोजनाका क्रममा मानविय तथा भौतिक संरचनाका साथै मेलामा राखिएका औद्योगिक उत्पादनहरुको सुरक्षाको प्रबन्ध गर्ने क्रममा कुनै पनि कमी हुन नदिन प्रतिवद्धता जनाए ।

घिमिरेले सुरक्षा व्यवस्थालाई गम्भिरतापूर्वक लिदै त्यसका लागि सुरक्षाकर्मीसंगको समन्वय र परिचालन, सिसी क्यामराको जडान र सूचनाको राम्रो प्रवन्ध गर्ने योजना तय भएको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी उपरिक्षक भरतबहादुर विकले सुरक्षाकर्मीले गर्ने काममा कसैबाट व्यवधान नहुने तर संविधान र कानुनले वर्जित गरेका कुनै पनि प्रकारका काम तथा प्रदर्शन गर्न नपाई हँुदा त्यसमा सचेत बन्न आग्रह गरे । उनले शान्ति सुरक्षा कायम गर्न आवश्यक पर्ने सबै प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रहरी नायव उपरिक्षक होमबहादुर थापाले मेला अवधिभर ट्राफिक व्यवस्थापनमा आवश्यक प्रक्रिया र प्रवन्ध मिलाउने दायित्व पुरा गर्ने विश्वास व्यक्त गरे ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले मेला अवधिभर कुनै पनि प्रकार दुर्घटना हुन नदिन र मदिरा सेवन एवं विक्रि तथा जुवा खेलाउने जस्ता काम गर्न पूर्ण प्रतिवन्ध लगाउनेतर्फ आयोजकले ध्यान दिन अुनरोध गरे ।

 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ३ : ४६ बजे

संविधान संशोधन बहसपत्र कार्यदलद्वारा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलासँग छलफल

काठमाडौँ । विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति