१७ बैशाख २०८१, सोमबार | April 29, 2024

संस्कृतिको विकास नहुँदासम्म सरकारका कार्यक्रमले मात्रै समतामूलक समाजको निर्माण हुँदैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै सबैको एकताबद्ध प्रयासका लागि सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित निकायलाई संवेदनशील हुन आग्रह गरेका छन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा शुभकामना व्यक्त गर्दै उनले सङ्घीय संरचनाअनुसार तीनै तहका सरकारमा लैङ्गिक हिंसा विरूद्धका कानूनी तथा संस्थागत व्यवस्थालाई आन्तरिकीकरण र संस्थागत गरी संवेदनशील र महत्वका साथ अगाडि बढाउन यस अभियानको सन्दर्भमा सबैलाई आग्रह गरेका छन् ।

ूसमतामूलक समाज निर्माणका लागि महिलामाथि हुने सबै प्रकारका हिंसाहरुको अन्त्य हुनुपर्ने अवधारणा अनुरुप हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने अभियान सञ्चालन हुँदै आएको अवगत नै छ, ू उनले भनेका छन्, “लैङ्गिक हिंसा व्यक्ति या परिवारको मात्रै समस्या होइन, यो हामीले अभ्यास गर्ने राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गर्ने नीतिहरुसँग अभिन्नरुपमा गाँसिएको छ, सबै क्षेत्रमा महिलाको राजनीतिक, सामाजिक र सांस्कृतिक सम्मानजनक उपस्थिति र सहभागिताको सुनिश्चित भएमात्रै हामीले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सक्छौँ” ।

यही तथ्यलाई आत्मसात गरेर लामो संघर्षपछि समावेशी समानुपातिक राजनीतिक प्रणाली स्थापना गर्दै महिला अधिकारका सबै पक्षलाई संवैधानिकरुपमा नै ग्यारेण्टी गर्न हामी सफल भएको उल्लेख गर्दे अबको आवश्यकता महिला अधिकारलाई सुनिश्चित गर्न संविधानमा उल्लेख गरिएका मौलिक हकको व्यवहारिक कार्यान्वयन गर्नु रहेको उनले बताएका छन् ।

यसैगरी लैङ्गिक समानताको मुद्दालाई सामाजिक न्याय, सुशासन र समृद्धिसँग अनिवार्य रुपमा जोडेर उनीहरुका लागि राज्यका तर्फबाट लगानी वृद्धि गर्ने र संविधानको मर्म अनुरुप कानुन निर्माण गर्दै महिला तथा बालबालिका लक्षित कार्यक्रमलाई सबै क्षेत्रमा मूलप्रवाहीकरण गर्नु अत्यन्तै जरुरी रहेको उप्रधानमन्त्रीको भनाइ छ । “यसका साथै पीडितको मानवअधिकार संरक्षण र सम्वर्द्धन गर्न राज्यका सबै निकाय संवेदनशील हुनुसमेत उत्तिकै जरुरी छ”, उनले भनेका छन् ।

उनले लैङ्गिक हिंसामुक्त समाजको निर्माण सरकारको एकल प्रयासले मात्रै सम्भव नहुने भन्दै व्यक्ति परिवार, संस्था, संरचना सबैमा रुपान्तरण नहुँदासम्म, प्रगतिशील चिन्तन र संस्कृतिको विकास नहुँदासम्म सरकारका कार्यक्रमले मात्रै समतामूलक समाजको निर्माण सम्भव नहुने उल्लेख गरेका छन् ।

‘चेतनाको स्तर वृद्धि हुँदै गए पनि महिलामाथिको हिंसामा कमी नआउनु दुःखद्’

यसैगरी सभामुख देवराज घिमिरेले शिक्षा र चेतनाको स्तर वृद्धि हुँदै गए पनि महिलामाथिको हिंसामा कमी नआउनु दुःखद् विषय भएको बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै समाजले महिलामाथि हिंसा र विभेद गरिरहनु अबको सभ्य समाजमा स्वीकार गर्नै नसकिने सन्देशमा उल्लेख गरेका छन् ।

“१६ दिने अभियानले लिङ्गको आधारमा हुने सबै प्रकारका हिंसा, असमानता र विभेद अन्त्य गर्दै शोषणरहित समाजको स्थापनामा सहयोग पु¥याई सम्मानपूर्ण जीवनयापन गर्न सहयोग गर्ने विश्वास लिएको छु”, उनले भनेका छन् ।

हिंसा समानता, विकास र शान्ति प्राप्त गर्ने मार्गको एक बाधक भएको उल्लेख गर्दै उनले हिंसाले पीडित व्यक्तिको मानव अधिकार तथा स्वतन्त्रताको उल्लङ्घन गर्ने बताएका छन् । महिलाविरुद्धको हिंसा परापूर्वकालदेखि नै पुरुषको महिलामाथि आफ्नो श्रेष्ठता सिद्ध गर्ने हतियारको रुपमा प्रयोग हुँदै आइरहेको उनको भनाइ छ । सभामुख घिमिरेले लिङ्गमा आधारित महिलाविरुद्धका हिंसाले महिलाको अधिकार उपभोग गर्ने क्षमता तथा स्वतन्त्रतामा आघात पु¥याउँदै आएको महसुस गरेको सन्देशमा उल्लेख गरेका छन् ।

“नेपालमा राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ, महिलाको राजनीतिक सहभागिताका दृष्टिले नेपाल अग्रपंति आउने गरेको छ । राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको उपस्थिति क्रमशः बलियो हुँदै गएको यथार्थता हामीसामू झर्लङ्ग छ”, सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ५ : ३८ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको