५ श्रावण २०८३, मंगलबार | July 22, 2026

पोखरामा अन्तर्राष्ट्रिय क्रसकन्ट्री प्रतियोगिता सुरु



गण्डकी ।। नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल पोखरा इन्टरनेश्नल माउण्टेन क्रसकन्ट्री कम्पिटिसन’ पोखरामा सुरु भएको छ ।

प्रतिोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सङ्, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयुक्तरुपमा केहीबेरअघि यहाँ आयोजित एक कार्यक्रममा उद्घाटन गरे।

त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको प्रमुख पर्यटकीय सहर पोखरामा आयोजित प्रतियोगिताले नेपालको पर्यटनका साथै खेलकुद क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने बताए। यसअघि चिनियाँ दूतावासको सहयोगमा पोखरामा आयोजित ‘ड्रागन बोट फेस्टिबल’बाट पनि पोखराको प्रचार–प्रसारमा सकारात्मक भूमिका निर्वाह भएको उनले बताए ।

“पर्यटकीय हिसाबले गण्डकी प्रदेश निकै धनी प्रदेशको रुपमा रहेको र थुप्रै सम्भावनासमेत बोकेका कारण यस प्रदेशको पर्यटनलाई थप उचाइमा पु¥याउन चिनियाँ सरकारसँग सहकार्य गर्नसमेत हामी इच्छुक छौँ”, मुख्यमन्त्रीले भने।

हालै चीन र नेपालबीचको कोरोला नाका सञ्चालन भएको, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नति जारी रहेको र चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालन भएपछि पोखरा पर्यटकीय पूर्वाधारका हिसाबले सशक्त सहर बनेको मुख्यमन्त्रीले बताए । नयाँ विमानस्थललबाट अन्तर्राष्ट्रिय उडान गर्दै यस क्षेत्रको पर्यटनलाई चलायमान बनाउन चिनियाँ सरकारबाट सहयोग हुने विश्वास उनले व्यक्त गरे।

नेपालका लागि चिनियाँ राजदूत छन् सङ्ले नेपाल र चीनबीचको युगौँदेखिको सम्बन्धलाई मजबुत बनाउन यस्ता प्रतियोगिताले योेगदान गर्ने बताउनुभयो । पर्यटकीयस्थल पोखरामा यसअघि नेपाल चीन ड्रागन बोट फेस्टिबल सम्पन्न भइसकेको बताउँदै उनले त्यसले पोखरामा चिनियाँ पर्यटकलाई आकर्षित गर्न मद्दत पुगेको बताए ।

दुई देशबीचको आसपी सहयोग अभिवृद्धिका लागि प्रतियोगिता महत्वपूर्ण हुने उल्लेख गर्दै चिनियाँ राजदूतले यस्ता प्रतियोगितालाई भविष्यमा पनि निरन्तरता दिइने बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याएको बताउँदै उनले त्यस क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गरिने जानकारी दिए ।

‘साझा समृद्धिका लागि दौड’ भन्ने नाराका आयोजित प्रतियोगिताअन्तर्गत सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरेर चार समूहमा प्रतिस्पर्धा आयोजना भएको छ । सामूहिक प्रतिस्पर्धामा २० समूहले प्रतिस्पर्धा गरेका छन् । दौड, साइक्लिङ र डुङ्गा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेता चयन गरिनेछ ।

सामूहिक विधातर्फको विजेताले रु तीन लाख ६० हजार पुरस्कार पाउनेछन् । द्वितीयले रु दुई लाख ८८ हजार, तृतीयले रु दुई लाख १६ हजार र चौथो स्थान प्राप्त गर्नेले रु एक लाख ४४ हजार पुरस्कार पाउने छन् ।

यसैगरी व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विजेता महिला तथा पुरुषले जनही रु एक लाख ४४ हजार पुरस्कार पाउने छन् । यसैगरी, उपविजेताले रु एक लाख आठ हजार, तृतीयले रु ५४ हजार र चौथोदेखि सातौँसम्मको रु १८ हजार र दशौँसम्मका धावकले रु नौ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

लेकसाइडको बाराहीघाटबाट सुरु प्रतियोगिता बिरौटा, फ्रुसे खोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचिबोट हुँदै बाराहीघाटमै आएर समापन हुनेछ ।

यसैगरी पाँच किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताको विजेता छात्रछात्रालाई जनही रु २५ हजार पाउने छन् । द्वितीयले रु २० हजार, तृतीयले रु १५ हजार, सान्त्वनाले रु १० हजार र पाँचौँले रु पाँच हजार पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ११ : १८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं