७ पुस २०८२, सोमबार | December 22, 2025

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा पुरुषहरूलाई घरेलु हिंसाविरुद्ध कदम चाल्न आग्रह



क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले महिला र बालबालिका विरुद्ध हुने हिंसा अन्त्य गर्न अष्ट्रेलियाली पुरुषहरूलाई आह्वान गरेका छन ।

शनिबार महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तरराष्ट्रिय दिवसको अवसरमा जारी गरिएको विज्ञप्तिमा अल्बानीजले अष्ट्रेलियाको घरेलु हिंसा न्यूनीकरण गर्न तत्काल कदम चाल्न आवश्यक रहेको बताएका छन ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजीको नेशनल होमिसाइड मोनिटरिङ प्रोग्राम ९एनएचएमपी० का अनुसार अस्ट्रेलियामा हत्याको शिकार हुने वयस्क महिलामध्ये ६० प्रतिशतको हत्या हालको वा पूर्व घनिष्ठ साथीबाट हुने गरेको पाइएको छ ।

सन् २०२०-२१ मा अष्ट्रेलियामा हरेक १४ दिनमा एकजना महिलाको हत्या हालको वा भूतपूर्व निकट साथीद्वारा हुने गरेको देखिन्छ । ”असमानता र भेदभावलाई उत्प्रेरित गर्ने र महिलाहरूलाई आपत्तिजनक बनाउने र सहमतिलाई बेवास्ता गर्ने दृष्टिकोणलाई परिवर्तन गर्नु सबैको जिम्मेवारी हो,” अल्बानीज भनेका छन ।

विशेषगरी पुरुषहरू माथि उठ्नुपर्छ । पुरुष नेताहरूसँग परिवर्तनलाई स्वीकार गर्ने र हिंसा, दुर्व्यवहार, भेदभाव र उत्पीडनलाई रोक्ने अवस्था सिर्जना गर्ने अवसर छ” उनले भने ।

सरकारले शनिबार आत्मीय साझेदार हत्याका बारेमा त्रैमासिक अद्यावधिक तथ्याङ्क उपलब्ध गराउँन नयाँ प्रणाली स्थापना गर्ने प्रतिबद्धता जनाएको छ । हाल सो कार्यक्रमबाट वार्षिक आधारमा तथायाङ्क उपलब्ध भए तापनि महिला विरुद्ध हिंसा अन्त्य गर्न अधिकारीहरूले यसलाई सही रूपमा मापन गर्न सक्षम हुनुपर्ने उनको धारणा छ ।

विज्ञप्तिमा भनिएको छ- महिला मन्त्री केटी गालाघर र सामाजिक सेवा मन्त्री अमान्डा रिसवर्थले नयाँ प्रणालीले कानून प्रवर्तन, नीति निर्माताहरूलाई सक्रिय पार्दै घरेलु र यौन हिंसा रोक्न सक्षम बन्नुपर्छ । हिंसा अन्त्य गर्न र महिलाको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रयासमा हामीलाई सहयोग गर्नको लागि मिति र सही तथ्याङ्क महत्त्वपूर्ण छ, ” गालाघरले भने ।

सरकारले सन् २०२२-२०३२ सम्ममा महिला तथा बालबालिका विरुद्धको हिंसा अन्त्य गर्ने राष्ट्रिय योजनामा मे महिनासम्म २।२८ बिलियन अष्ट्रेलियाली डलर ९१.५ बिलियन अमेरिकी डलर० लगानी गरेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ३ : ५२ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि