५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा पुरुषहरूलाई घरेलु हिंसाविरुद्ध कदम चाल्न आग्रह



क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले महिला र बालबालिका विरुद्ध हुने हिंसा अन्त्य गर्न अष्ट्रेलियाली पुरुषहरूलाई आह्वान गरेका छन ।

शनिबार महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तरराष्ट्रिय दिवसको अवसरमा जारी गरिएको विज्ञप्तिमा अल्बानीजले अष्ट्रेलियाको घरेलु हिंसा न्यूनीकरण गर्न तत्काल कदम चाल्न आवश्यक रहेको बताएका छन ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजीको नेशनल होमिसाइड मोनिटरिङ प्रोग्राम ९एनएचएमपी० का अनुसार अस्ट्रेलियामा हत्याको शिकार हुने वयस्क महिलामध्ये ६० प्रतिशतको हत्या हालको वा पूर्व घनिष्ठ साथीबाट हुने गरेको पाइएको छ ।

सन् २०२०-२१ मा अष्ट्रेलियामा हरेक १४ दिनमा एकजना महिलाको हत्या हालको वा भूतपूर्व निकट साथीद्वारा हुने गरेको देखिन्छ । ”असमानता र भेदभावलाई उत्प्रेरित गर्ने र महिलाहरूलाई आपत्तिजनक बनाउने र सहमतिलाई बेवास्ता गर्ने दृष्टिकोणलाई परिवर्तन गर्नु सबैको जिम्मेवारी हो,” अल्बानीज भनेका छन ।

विशेषगरी पुरुषहरू माथि उठ्नुपर्छ । पुरुष नेताहरूसँग परिवर्तनलाई स्वीकार गर्ने र हिंसा, दुर्व्यवहार, भेदभाव र उत्पीडनलाई रोक्ने अवस्था सिर्जना गर्ने अवसर छ” उनले भने ।

सरकारले शनिबार आत्मीय साझेदार हत्याका बारेमा त्रैमासिक अद्यावधिक तथ्याङ्क उपलब्ध गराउँन नयाँ प्रणाली स्थापना गर्ने प्रतिबद्धता जनाएको छ । हाल सो कार्यक्रमबाट वार्षिक आधारमा तथायाङ्क उपलब्ध भए तापनि महिला विरुद्ध हिंसा अन्त्य गर्न अधिकारीहरूले यसलाई सही रूपमा मापन गर्न सक्षम हुनुपर्ने उनको धारणा छ ।

विज्ञप्तिमा भनिएको छ- महिला मन्त्री केटी गालाघर र सामाजिक सेवा मन्त्री अमान्डा रिसवर्थले नयाँ प्रणालीले कानून प्रवर्तन, नीति निर्माताहरूलाई सक्रिय पार्दै घरेलु र यौन हिंसा रोक्न सक्षम बन्नुपर्छ । हिंसा अन्त्य गर्न र महिलाको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रयासमा हामीलाई सहयोग गर्नको लागि मिति र सही तथ्याङ्क महत्त्वपूर्ण छ, ” गालाघरले भने ।

सरकारले सन् २०२२-२०३२ सम्ममा महिला तथा बालबालिका विरुद्धको हिंसा अन्त्य गर्ने राष्ट्रिय योजनामा मे महिनासम्म २।२८ बिलियन अष्ट्रेलियाली डलर ९१.५ बिलियन अमेरिकी डलर० लगानी गरेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ३ : ५२ बजे

झापा-५ मा आज ओलीको चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक हुँदै

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा

जितेन्द्र नारायण देव पुनः कांग्रेसमै फर्किए

काठमाडौं । नेकपा एमालेबाट अलग भएर बसेका जितेन्द्र नारायण देवले

पूर्वीतराई जोड्ने दिक्तेल-रेग्मीटार सडकमा घर्तीभिरको चट्टान फुटाउन सुरु

खोटाङ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग