५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

जन्मिँदै कोही राजा बन्ने कुरा स्वीकार गर्न सकिन्न, देश ढुंगे युगतिर फर्किँदैन : ओली



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मँदै कोही राजा हुने कुरालाई स्वीकार गर्न नसकिने बताएका छन् ।

नेपाल संवतका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीे एउटा परिवारको व्यक्ति जन्मँदै राजा बनेर आउने दिन समाप्त भैसकेको बताएका हुन् । उनले भने, एउटा परिवारको सदस्य जन्मँदै राजा बनेर आउन ेकुरा अबको सचेत जनताले स्विर्कान सक्दैन । अबको नयाँ पिँडीहरूले यस्ता कुरा स्विर्कान सक्दैन । हामीले बलिदान दिएर ल्याएका उपलब्धिको रक्षा गर्नुपर्दछ ।’

सरकारले सुशासनको प्रत्याभूति दिन सकेन भनेर देश ढुंगे युगतिर फर्कन नसक्ने बताए । सरकारको कामको कारण गणतन्त्र खराब हुन नसक्ने उनले जिकिर गरे ।

अध्यक्ष ओलीले देशमा विभाजन ल्याउन ठूलो षड्यन्त्र रचिएको दाबी गरे । देशलाई अस्थिरतामा फसाउने खेल भइरहेको भन्दै उनले यसअघि हिन्दु मुस्लिमबीच फाटो ल्याउन खोजेको तत्वले नै अहिले जातका नाममा भाषाका नाममा विभाजित गर्ने काम गरिरहेको जिकिर गरे । उनले भने, अहिले म काठमाडौंबासी, सिंगै देशवासीलाई भन्न चाहन्छु, हाम्रा देशका विरूद्ध षड्यन्त्र भइरहेको छ। अस्थिरमा फसाउने षड्यन्त्र भइराखेको छ। हाम्रा जनतालाई पहिचानको, जात, धर्म आदि अनेक नाममा विभाजित गर्ने प्रयास भइरहेको छ। झगडा लगाउने प्रयास भइरहेको छ। द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ। केही समयअघि हिन्दु र मुस्लिमकाबीचमा झगडा लगाउने कोसिस भयो, त्यसमा उनीहरू असफल भए। एक्सपोज भयो, त्यो षड्यन्त्र पर्दाफास भयो। त्यसपछि असामयिक, असान्दर्भिक कुरा निकालेर, जनतालाई अल्मल्याएर त्यस प्रकारका काम भइरहेको छ ।’

ओलीले सरकारले राम्रो काम नगर्दा जनतामा निरासा आएको टिप्पणी गरे । सरकारले राजनीतिलाई अस्थिर बनाएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ५ : २३ बजे

नेपालको अन्तिम चुनौती आज, विश्वकपको समापन खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

दाङ । यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ

पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते

अर्घाखाँची । यहाँको मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा

पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका