४ पुस २०८२, शुक्रबार | December 20, 2025

रिलिज हुनु अघि नै शाहरूखको डंकीले कमायो १०० करोड



मुम्बइ । शाहरुख खानको फिल्म डंकीको रिलिजको काउन्ट डाउन सुरु भएको छ ।

फिल्मको पहिलो झलकले जादू गर्यो भने अब शाहरुख खानको फिल्मको गीत पनि निकै रमाइलो देखिएको छ । फिल्मको क्रेज जारी छ र शाहरुखले यो वर्षको तेस्रो बिग ब्याङ बनाउन लागेको बताइएको छ ।

शाहरुखको पछिल्लो ६ वर्षको करियरलाई हेर्ने हो भने डंकी सबैभन्दा कम बजेटको फिल्म हो तर रिलिज हुनुअघि नै सय करोड कमाइसकेको बताइएको छ ।

भारतीय मिडियाका अनुसुार चलचित्रले गैर थिएटर अधिकारबाट रिलिज हुनुअघि नै राम्रो कमाई गरिसकेको छ। अहिलेसम्म करिब १०० करोड कमाइसकेको जनाइएको छ । फिल्मको बजेटको कुरा गर्दा ८५ करोड भारु रहेको बताइएको छ ।

तर, यसमा निर्देशक राजकुमार हिरानी र मुख्य अभिनेता शाहरुख खानको शुल्क भने समावेश छैन । उनले फिल्मको नाफाबाट आफ्नो हिस्सा लिने र यो उनको पारिश्रमिक हुने बताइएको छ ।

फिल्म डंकीलाई दर्शकले जसरी प्रतिक्रिया दिइरहेका छन्, त्यसबाट फिल्मले बक्स अफिसमा हलचल मच्चाउने निश्चित छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १० : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको