१ पुस २०८२, मंगलबार | December 17, 2025

मलेसियामा बेपत्ता भएका गोपाल उद्धारपछि घर आइपुगे



झापा । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका-६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् । १८ वर्षअघि मलेसिया गएका घिमिरेलाई नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो ।

उनकी आमा सानी घिमिरेले खोजीका निम्ति सार्वजनिक अपिल गरेकी थिइन् । त्यसपछि गोपालको खोजी गरिएको थियो ।

शुक्रबार क्वालालम्पुरबाट काठमाडौं आएका गोपाल शनिबार घर आइपुगेको नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले जानकारी दिए ।

सांसद शर्माले मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गरेका थिए । आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको उनले बताए ।

“गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन, उहाँकी आमाले हराइरहेको छोरालाई आज आफ्नै अँगालोमा पाउनुभयो,” सांसद शर्माले उद्धारप्रति खुसी व्यक्त गर्दै भने, “यो नै सबैभन्दा ठूलो खुसी हो ।”

गैरकानुनी रूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिवाना गरेर नेपाली एक लाख चार हजार १६० रुपैयाँ तिर्नुपरेको नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाराज पंगेनीले जानकारी दिए ।

वि.सं. २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका निम्ति श्रम अनुमतिपत्र पाएर १९ वर्षको उमेरमा गोपाल मलेसिया गएका थिए । घर फर्कंदा उनी ३७ वर्षको भइसके ।

मलेसिया पुगेको एक सातापछि उनीमाथि गैरकानुनी कामदार भएको आरोप लगाइएको थियो । त्यसपछि उनको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो ।

विदेशमा हराएको छोरा फर्केर घर आएकामा घिमिरेकी आमा सानीले खुसी व्यक्त गरिन् । उनले छोरा खोजिदिन पहल गरिदिने सबैप्रति आभार प्रकट गर्दै अब दुःखजिलो गरेर स्वदेशमै गरिखाने बाटोमा लाग्न छोरालाई आग्रह गरिन् ।

मलेसियामा रहँदा ज्यादै दुःख र सास्ती व्यहोर्नुपरेको गोपालले बताए । “गैरकानुनी कामदार भएपछि बस्न र खानै मुस्किल परेको थियो,” उनले आमासँग आफ्नै घरमा भेट भएपछि भने, “यतिका वर्ष विदेश बस्दा सुको कमाएर घर पठाउन सकिनँ । आमाको आशीर्वादले बाँचेर आउन पाएँ, यसैमा म खुसी छु ।”

घरमा गोपालको एक छोरा पनि छन् । उनकी आमा सानी नेत्रहीनको समूहलाई सडक गायनमा डोहोर्‍याएर गुजारा चलाउँदै आएकी छन् । घरको आर्थिक स्रोतले खानलाउन नपुग्ने जनाउँदै छोरालाई वैदेशिक रोजगारीमा पठाउन ऋण काढ्दा घर पनि बैंकको धितोमा रहेको उनले बताइन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १२ : ३६ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष