२० मंसिर २०८२, शनिबार | December 6, 2025

भाजपाले चुनाव जिते हैदराबादको नाम फेरेर ‘भाग्यनगर’ राख्छौं : योगी आदित्यनाथ



हैदाराबाद । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ शनिबारदेखि तेलंगानाको चुनावी लडाइँमा प्रवेश गरेका छन् । हैदरावादको नाम भाग्यनगर बनाउने वाचा गरेपछि योगीले आइतबार भने कि यदि भाजपा सत्तामा आयो भने तेलंगानाको महबुबनगरको नाम बदलेर पलामुरु राख्ने छन् ।

महबुबनगरमा चुनावी र्‍यालीलाई सम्बोधन गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले भने कि म माफिया राजबाट मानिसहरूलाई सचेत गराउन र महबुबनगरलाई पलामुरुको रूपमा पुनः स्थापना गर्न तेलंगाना आएकोसमेत बताए ।

तेलंगनाको कुमारम भीम आसिफाबाद जिल्लामा एक र्‍यालीलाई सम्बोधन गर्दै योगी आदित्यनाथले तेलंगानामा बीजेपी सत्तामा आएमा भने हैदराबादको नाम बदलेर भाग्यनगर राख्ने प्रतिबद्धता जनाएका छन् ।

असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले पनि तेलंगानामा सत्तामा आएको ३० मिनेटभित्र भाजपाले हैदरावादको नाम परिवर्तन गरेर भाग्यनगर गर्ने बताएका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ५६ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको