१ पुस २०८२, मंगलबार | December 16, 2025

जङ्गली जनावरको आक्रमणमा परी मारिएका एक व्यक्तिको शव फेला



मकवानपुर । मकवानपुरमा जङ्गली जनावरको आक्रमणमा परेर मृत्यु भएका एक व्यक्तिको शव फेला परेको छ । आइतबार मनहरि गाउँपालिका–६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा एक पुरुषको शव फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार उक्त स्थानमा गत मङ्सिर ८ गते शुक्रबार बिहान चितवन राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणबाट चितवनको राप्ती नगरपालिका बस्ने ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको थियो । उक्त बाघ नियन्त्रणमा लिन निकुञ्जको टोली चार वटा हात्तीसहित मध्यवर्ती क्षेत्रमा प्रवेश गरेको थियो । सो क्रममा पहिचान नखुलेको एक पुरुषको शव कम्मरभन्दा तलको भाग मात्रै रहेको र कम्मरभन्दा माथिको भाग हड्डी मात्रै रहेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
ती पुरुषको शव हाल हेटौँडा अस्पतालमा ल्याइएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ११ : ५६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज