१ पुस २०८२, मंगलबार | December 16, 2025

‘स्वीकारोक्ति विश्व यात्रा २०२३’ सुरु



बिर्तामोड । स्वीकारोक्ति फाउन्डेशनले ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ सुरु गरेको छ । झापाको बेलडाँगीबाट फाउण्डेशनले आजदेखि शान्ति यात्रा शुरु गरेको हो ।

बेलडाँगीमा विभिन्न स्रष्टाका पाँच पुस्तक विमोचन, विद्यार्थीहरुसँग अन्तरक्रिया लगायतका कार्यक्रम गरेको छ । फाउण्डेशनको ११ औं वार्षिकोत्सवका अवसरमा खुसी, शान्ति र सत्भाव फैलाउने उद्देश्यका साथ स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३ शुरु गरिएको फाउण्डेशनका अध्यक्ष डेम्जोङ साम्पाङ राईले जानकारी दिए । विश्व शान्ति यात्रा अन्तरगत नेपाल र भारतको विभिन्न स्थानहरुमा स्वीकारोक्ति दर्शन सम्बन्धी विभिन्न कार्यक्रम गरिने छ ।

‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ भन्ने मूल विचार र मान्यता बोकेर विगत ११ वर्षदेखिे निरन्तर अस्तित्वहरूको न्यायिक सम्बोधन र मानव चेतना अभिवृद्धिको रुपमा फाण्डेशनले कार्यक्रम गर्दै आएको फाउण्डेशनका अध्यक्ष राईले बताए । यात्रामा विभिन्न स्थानमा वृक्ष रोपण, अनुदान, बहस, छलफल र विद्यार्थीसँग कार्यशाला गोष्ठी समेत गरिनेछ ।

कार्यक्रम अन्तरगत झापा, सुनसरी, मोरङ, इलामलगायत नेपालका विभिन्न स्थान हुँदै भारतको आसामको गुहाटी, सिक्किमको गेन्टोक र दार्जीलिङको सिलिगुडीमा कार्यक्रम सम्पन्न गरेर पुनः काठमाडौँमा आगामी मंसिर २८ र २९ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन काठमाडौँसँगको सहकार्यमा दुइदिने साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनपछि यात्राको समापन हुने ग्लोबल टुरका को–अडिनेटर अर्जुन उप्रेतीले जानकारी दिए । अभियानका रुपमा शुरु भएको स्वीकारोक्ति हाल दर्शनको रुपमा स्थापित हुँदै गएको उनको भनाइ छ ।

सोही क्रममा झापाको बिर्तामोडमा मंसिर १४ गते यहाँका ५० भन्दा बढी विद्यालयका ३०० बढी विद्यार्थीसँग अन्तरक्रिया, गीत–संगीत क्षेत्रका एक स्रष्टालाई सम्मान गरिनुका साथै ‘ग्रीन नाइट’ कार्यक्रम समेत गरिने जनाइएको छ ।

त्यस्तै, यात्राका क्रममा नेपाली साहित्यका वरिष्ठ व्यक्तित्व लीलबहादुर क्षेत्रीलाई छ लाख रुपैयाँ राशीको ‘स्वीकारोक्ति सिध्दि पुरस्कार’ समर्पण गरिने कार्यक्रम को–अर्डिनेटर कर्ण गुरुङले जानकारी दिए । यसअघि, स्वीकारोक्ति विश्व यात्रा २०२३ को यात्रामा वातवरण संरक्षण तथा शान्तिको सन्देश प्रवाह गर्न करिब एक सयभन्दा बढी साइकल यात्रीद्वारा काठमाडौँको विभिन्न स्थानमा परिक्रमा गरिएको छ भने सडक पेटीमा रहेका १३० जना असहायलाई खाना समेत वितरण गरिएको छ ।

समापनको अवसरमा काठमाडौँमा हुने दुइदिने साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनमा प्रधानमन्त्री श्रीपुष्पकमल दाहालको प्रमुख आतिथ्य रहेन समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

फाउण्डेशनले शान्ति यात्रा अन्तरगत २०२३ मा नेपाल र भारका विभिन्न स्थानको भ्रमण गर्ने छ भने २०२४ मा अमेरिका र क्यानाडा र २०२५ मा युरोपका १० वटा देशको भ्रमण गर्ने कार्यक्रम तय भइसकेको जनाइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ९ : १९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष