२९ माघ २०८२, बिहिबार | February 12, 2026

‘स्वीकारोक्ति विश्व यात्रा २०२३’ सुरु



बिर्तामोड । स्वीकारोक्ति फाउन्डेशनले ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ सुरु गरेको छ । झापाको बेलडाँगीबाट फाउण्डेशनले आजदेखि शान्ति यात्रा शुरु गरेको हो ।

बेलडाँगीमा विभिन्न स्रष्टाका पाँच पुस्तक विमोचन, विद्यार्थीहरुसँग अन्तरक्रिया लगायतका कार्यक्रम गरेको छ । फाउण्डेशनको ११ औं वार्षिकोत्सवका अवसरमा खुसी, शान्ति र सत्भाव फैलाउने उद्देश्यका साथ स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३ शुरु गरिएको फाउण्डेशनका अध्यक्ष डेम्जोङ साम्पाङ राईले जानकारी दिए । विश्व शान्ति यात्रा अन्तरगत नेपाल र भारतको विभिन्न स्थानहरुमा स्वीकारोक्ति दर्शन सम्बन्धी विभिन्न कार्यक्रम गरिने छ ।

‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ भन्ने मूल विचार र मान्यता बोकेर विगत ११ वर्षदेखिे निरन्तर अस्तित्वहरूको न्यायिक सम्बोधन र मानव चेतना अभिवृद्धिको रुपमा फाण्डेशनले कार्यक्रम गर्दै आएको फाउण्डेशनका अध्यक्ष राईले बताए । यात्रामा विभिन्न स्थानमा वृक्ष रोपण, अनुदान, बहस, छलफल र विद्यार्थीसँग कार्यशाला गोष्ठी समेत गरिनेछ ।

कार्यक्रम अन्तरगत झापा, सुनसरी, मोरङ, इलामलगायत नेपालका विभिन्न स्थान हुँदै भारतको आसामको गुहाटी, सिक्किमको गेन्टोक र दार्जीलिङको सिलिगुडीमा कार्यक्रम सम्पन्न गरेर पुनः काठमाडौँमा आगामी मंसिर २८ र २९ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन काठमाडौँसँगको सहकार्यमा दुइदिने साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनपछि यात्राको समापन हुने ग्लोबल टुरका को–अडिनेटर अर्जुन उप्रेतीले जानकारी दिए । अभियानका रुपमा शुरु भएको स्वीकारोक्ति हाल दर्शनको रुपमा स्थापित हुँदै गएको उनको भनाइ छ ।

सोही क्रममा झापाको बिर्तामोडमा मंसिर १४ गते यहाँका ५० भन्दा बढी विद्यालयका ३०० बढी विद्यार्थीसँग अन्तरक्रिया, गीत–संगीत क्षेत्रका एक स्रष्टालाई सम्मान गरिनुका साथै ‘ग्रीन नाइट’ कार्यक्रम समेत गरिने जनाइएको छ ।

त्यस्तै, यात्राका क्रममा नेपाली साहित्यका वरिष्ठ व्यक्तित्व लीलबहादुर क्षेत्रीलाई छ लाख रुपैयाँ राशीको ‘स्वीकारोक्ति सिध्दि पुरस्कार’ समर्पण गरिने कार्यक्रम को–अर्डिनेटर कर्ण गुरुङले जानकारी दिए । यसअघि, स्वीकारोक्ति विश्व यात्रा २०२३ को यात्रामा वातवरण संरक्षण तथा शान्तिको सन्देश प्रवाह गर्न करिब एक सयभन्दा बढी साइकल यात्रीद्वारा काठमाडौँको विभिन्न स्थानमा परिक्रमा गरिएको छ भने सडक पेटीमा रहेका १३० जना असहायलाई खाना समेत वितरण गरिएको छ ।

समापनको अवसरमा काठमाडौँमा हुने दुइदिने साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनमा प्रधानमन्त्री श्रीपुष्पकमल दाहालको प्रमुख आतिथ्य रहेन समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

फाउण्डेशनले शान्ति यात्रा अन्तरगत २०२३ मा नेपाल र भारका विभिन्न स्थानको भ्रमण गर्ने छ भने २०२४ मा अमेरिका र क्यानाडा र २०२५ मा युरोपका १० वटा देशको भ्रमण गर्ने कार्यक्रम तय भइसकेको जनाइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ९ : १९ बजे

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक

चक्कु प्रहार गरेर किशोरको हत्या

दैलेख । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक

लुम्बिनी वल्ड स्कुलको अध्यक्षमा गोपाल टण्डन

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाबाट गोपाल