३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

केपी ओली कप : पुलिसलाई रनरेटमा पछि पार्दै मधेस प्रदेश सेमिफाइनलमा



काठमाडौं । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता-२०८० मा नेपाल पुलिस क्लबलाई नेट रनरेटमा पछि पार्दै मधेस प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा मंगलबार समूह ‘सी’ को पुलिसले सुदूरपश्चिम प्रदेशसँग चार विकेटको हार बेहोरेपछि मधेसले सेमिफाइनल यात्रा तय गरेको हो ।

समूहका तीन वटै टिमले दुई खेलबाट समान दुई अंक जोडे पनि मधेस नेट रनमा अघि रह्यो । पुलिसविरुद्ध जित निकाले पनि सुदूरपश्चिमले अन्तिम-४ को यात्रा तय गर्न सकेन । मधेस शीर्ष स्थानमा रहँदा पुलिस दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा रहँदै प्रतियोगिताको समूह चरणबाट बाहिरिए ।

मंगलबार पुलिसले प्रस्तुत गरेको १५९ रनको लक्ष्य सुदूरपश्चिमले १८.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले ५१ रन बनाए । उनले ३४ बलमा चार चौका र दुई छक्का प्रहार गरे । ४६-५ को कठिन अवस्थामा किरणले नरेन्द्र साउदसँग ९३ रनको साझेदारी गर्दै टिमलाई जितउन्मुख गराएका थिए ।

नरेन्द्रले ३० बलमा पाँच चौका र एक छक्कासहित ३९ रन थपे । अन्तिममा किरणसँगै अविजित रहेको नारायण जोशीले १७ रन बनाए । कप्तान राजु रिजालले १९ र वसन्त कार्कीले १५ रन जोडे ।

पुलिसका राशिद खानले तीन विकेट लिए । सुनिल धमला र सागर ढकालले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको पुलिसले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५८ रनको योगफल खडा गरेको थियो ।

पुलिसका ओपनर कुशल भुर्तेलले ५१ बलमा समान पाँच चौका र छक्कासहित ६७ रन बनाएका थिए । सुनिल धमलाले ४२ र अर्जुन साउदले २० रन थपे ।

सुदूरपश्चिमका विकास आग्रीले दुई विकेट लिए । भोजराज भट्ट र बसन्त खत्रीले एक-एक विकेट लिए । यसअघि पहिलो खेलमा सुदूरपश्चिम मधेस प्रदेशसँग आठ विकेटले पराजित भएको थियो । यस्तै, मधेस प्रदेशले भने पुलिससँग ५७ रनको हार बेहोरेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ३ : २२ बजे

सीता जयन्तीले नारीमाथि हुने शोषण अन्त्य गर्न प्रेरणा मिल्ने छ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सीता जयन्तीले नारीमाथि हुने शोषण,

सुसंस्कृत समाज निर्माणका लागि सीताबाट प्रेरणा प्राप्त हुने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक

पाल्पा बलेरो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एकजना ६ वर्षिय

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली