२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

लुम्बिनीमा ‘शान्ति घन्टी’ को उद्घाटन, पर्यटनमन्त्रीले भने –‘बुद्धको सन्देश विश्वरभर फैलाऔं’



लुम्बिनी । सँस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले मंगलबार बुद्धजन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्राथना गर्न कोरियाली धर्मगुरुद्धारा निर्माण गरिएको ‘शान्ति घन्टी’ को उद्घाटन गरेका छन् । कोरिया नेपाल मित्रता पिस पार्कमा कोरियाली बौद्ध धर्मगुरु सन्मुक हेजाको नेतृत्वमा तयार पारिएको डेढ टनको घन्टी विश्व शान्तिको कामना गर्दै घन्टी बजाएर उद्घाटन गरिएको हो ।

१०८ बुद्ध समाज तीर्थयात्रा प्रार्थना समूका सदस्यहरु, नेपाल लुम्बिनी विकास समितिको आयोजनामा शान्तिका लागि प्रार्थना गर्न कोरियाली घन्टी बजाउँदै घण्टीको उद्घाटन गरिएको हो । उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री किराँतीले बुद्धभूमिबाट घन्टी बजाएर विश्व शान्तिको सन्देश दिइएको बताए ।

भिक्षुहरुले बुद्धजन्मस्थल लुम्बिनीमा चढाएको घन्टीले कोरिया र नेपालीहरुविचको निस्वार्थ सम्बन्धलाई थप प्रगाढ बनाएको समेत मन्त्री किराँतीले बताए । उनले बुद्धको सन्देश विश्वभर फैलाउन शान्ति घण्टीले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘नेपाल कोरियाविच इतिहासजस्तै पूरानो, समुन्द्र जस्तो शान्त र हिमालजस्तै अग्लो सम्बन्ध छ’ लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले भने –‘ कोरियाले नेपालीहरुलाई रोजगारी दिएर र नेपालीहरुले पसिना दिएर सहयोग गरेका छौं, अब कोरियाली जनताले बुद्धभूमि लुम्बिनीको प्रचार गरेर सहयोग गर्नुपर्छ ।’

उनले संसारभरका बुद्धमार्गीहरुलाई लुम्बिनी जाऔं भन्ने अभियान कोरियामा चलाउन घन्टी उद्घाटन समारोहमा सहभागी हुन आएका बौद्ध गुरु, भिक्षु भिक्षुणी, उपासक, उपासिकाहरुसँग अनुरोध गरे । ‘नेपालीहरु पाहुनालाई भगवान मान्छौं, अब तपाईहरुले बुद्धभूमि लुम्बिनी जाऔं भन्ने अभियान चलाउनुहोला, परिवार सहित लुम्बिनीमा आउनुहोस्’ मन्त्रीले भने ।

उनले गौतमबुद्धलाई जन्म दिने आमा मायादेवीको चर्चा कम हुने गरेको बताउँदै अब लुम्बिनीमा आधुनिक प्रसुतीगृह निर्माण गर्नुपर्ने बताए । बुद्धजस्तै सन्तान जन्माउनका लागि मायादेवी प्रसुती अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै विश्वका बौद्धधर्मालम्बीहरुलाई सहयोग गर्न मन्त्री किरातीले आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) का तर्फबाट सदस्य सचिव सानुराजा शाक्यले सन्देश वाचन गर्दै कोरियन शान्ति घन्टीको अनावरण र उद्घाटनको अवस्थसम्म ल्याउने भिक्षु गुरु सन्मुक हेजा र कोरियाका बौद्ध धर्मावलम्बीहरुलाई धन्यवाद दिए । उनले शान्ति घन्टीको अर्थ बुद्धको शान्ति र दयाको शिक्षाबाट विश्वमा द्धन्द्धको समाधान र शान्ति स्थापनाको सन्देशका रुपमा बुझ्नुपर्ने बताए ।

कार्यक्रममा शान्ति घन्टी स्थापना गर्ने कोरियाली बौद्ध धर्म गुरु सन्मुक हेजाले बुद्धजन्मस्थल लुम्बिनीमा स्थापित शान्तिको घन्टीले विश्वमा शान्ति स्थापनाका लागि सन्देश दिने विश्वास व्यक्त गरे । ‘यो घन्टीको आवाज बुद्ध र बोधिसत्वको आवाज हो, बुद्धका ८४ हजार शिक्षाहरुले प्राणीहरुको पिडालाई राहात दिने प्रतिक हो’ धर्मगुरु हेजाले भने –‘बुद्धको जन्मस्थलबाट बज्ने घण्टीले बुद्धत्वको अवस्थामा नपुगेका साधकहरुलाई साहस र शक्ति प्रदान गर्नेछ र प्राणीहरुको पिडालाई आनन्दको आवाज दिनेछ ।’

घन्टी उद्घाटन समारोहमा बोल्दै कोरियाली बौद्ध धर्मका जोगे अर्डरका सचिव थेजुङसा नुङदकले बुद्धजन्मस्थलमा शान्ति घन्टी स्थापनाले धार्मिक वातावरण बनाउने बताए ।

उद्घाटन समरोहमा नेपालका लागि कोरियाली काउन्सीलर जीङ ही, बरिष्ठ पुरातत्वविद् बसन्त बिडारी, लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतको उपस्थिती थियो ।

यसअघि धर्मगुरु सन्मुक हेजाकै नेतृत्वमा २००७ मा कोरिया नेपाल मैत्री शान्ति पार्क, विश्व शान्तिका लागि प्रार्थना गर्ने स्मारकको निर्माण तथा अनावरण गरिएको थियो । घन्टीउद्घाटन अघि सोमबार बेलुका मायादेवी मन्दिर, घन्टी निर्माण स्थलमा कोरियाली धर्म गुरु, भिक्षु भिक्षुणी, उपासक उपासिकाहरुले पूजा गरेका थिए

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ४ : ३६ बजे

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु

बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१