२७ श्रावण २०८३, बुधबार | August 12, 2026

आमा र बाउ समूहको देउसी भैलोबाट उठेको रकमबाट अपाङ्ग आश्रमलाई सहयोग



बुटवल । तिहारमा देउसी भैला खेलेर उठाएको रकमबाट अपाङ्ग आश्रमलाई सहयोग हस्तान्तरण गरिएको छ । गुल्मेली लक्ष्मी आमा समुह बुटबल–१३ बेलवासले तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकमबाट अपाङ्ग आश्रमलाई सहयोग प्रदान गरेको हो ।

मानवीय धर्म नै सबैभन्दा ठुलो धर्म भएको भन्दै लक्ष्मी आमा समुहले बुटबल उप–महानगरपालिका ११ मा रहेको नेपाल अपाङ्ग आश्रममा बालबावालिकाहरुलाई सहयोग प्रदान गरेको हो ।

आश्रमलाई करीब ७० हजार बढीको खाद्यान्न , जिन्सी तथा न्यानो ओड्ने कपडा उपलब्ध गराइएको आमा समूहले जनाएको छ ।

खाद्यान्न तथा कपडा हस्तान्तरण गर्दै समुहका सल्लाहकार तथा समाजसेवी भिम बहादुर आले मगरले देउसी भैलो खेलेर सानो–सानो सहयोग दानबाट जम्मा भएको रकम बाट सहयोग गर्नु आफैमा ठुलो काम भएको बताए ।

आमा समुहको स्थापना भएदेखीनै बिभीन्न सामाजिक क्षेत्रमा काम गदै आएको बताउँदै आलेले पैसा उठाएर रमाईलो गरेर सक्नु भन्दा दिन दुःखीहरुको सेवामा खर्च गर्नु महान काम भएको बताए ।

लक्ष्मी आमा समुहकी अध्यक्ष पबित्रा आलेले अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आश्रममा खद्यान तथा जिन्सी वितरण गरिएको बताईन् । उनले बिगतमा समेत आमा समुहले बिभीन्न ठाउमा रहेका अनाथ असायहरुलाई सहयोग गदैआएको बताइन् । यो पटक देउसी भैलो बाट संकलन भएको रकमबाट ७० हजार बढिको सहयोग आश्रममा गरिएको उनले जानकारी दिइन् ।

राहत सहयोग हस्तान्तरण कार्यक्रममा समुहका सस्थापक अध्यक्ष कमला आले, सदस्यहरु भद्रकला आले मगर, सल्लाहकार चम्पा पालुङ्गे, रुपमाया थापा, यम कुमारी थापा, छबिदेबी रानालगायतले मानवीय सहयोग नै सबैभन्दा ठुलो सहयोग भएको बताएका थिए ।

आमा समुह र बाउ समुह मिलेर देउसी भैलो खेल्ने दान बापत संकलन भएको रकमको केही प्रतिशत समाजिक सेवा भावमा लगाउने कार्य आफैमा उत्कृष्ठ पुन्यको काम भएको बाउ समुहका सदस्य तारा प्रसाद बुढाथोकीले बताए । समुहले विगतका बर्षहरुमा बृद्धआश्रम, अपाङ्गता आश्रम र अनाथ आश्रम, मानवसेवा आश्रममा समेत सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : ४४ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको