१६ माघ २०८२, शुक्रबार | January 30, 2026

आमा र बाउ समूहको देउसी भैलोबाट उठेको रकमबाट अपाङ्ग आश्रमलाई सहयोग



बुटवल । तिहारमा देउसी भैला खेलेर उठाएको रकमबाट अपाङ्ग आश्रमलाई सहयोग हस्तान्तरण गरिएको छ । गुल्मेली लक्ष्मी आमा समुह बुटबल–१३ बेलवासले तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकमबाट अपाङ्ग आश्रमलाई सहयोग प्रदान गरेको हो ।

मानवीय धर्म नै सबैभन्दा ठुलो धर्म भएको भन्दै लक्ष्मी आमा समुहले बुटबल उप–महानगरपालिका ११ मा रहेको नेपाल अपाङ्ग आश्रममा बालबावालिकाहरुलाई सहयोग प्रदान गरेको हो ।

आश्रमलाई करीब ७० हजार बढीको खाद्यान्न , जिन्सी तथा न्यानो ओड्ने कपडा उपलब्ध गराइएको आमा समूहले जनाएको छ ।

खाद्यान्न तथा कपडा हस्तान्तरण गर्दै समुहका सल्लाहकार तथा समाजसेवी भिम बहादुर आले मगरले देउसी भैलो खेलेर सानो–सानो सहयोग दानबाट जम्मा भएको रकम बाट सहयोग गर्नु आफैमा ठुलो काम भएको बताए ।

आमा समुहको स्थापना भएदेखीनै बिभीन्न सामाजिक क्षेत्रमा काम गदै आएको बताउँदै आलेले पैसा उठाएर रमाईलो गरेर सक्नु भन्दा दिन दुःखीहरुको सेवामा खर्च गर्नु महान काम भएको बताए ।

लक्ष्मी आमा समुहकी अध्यक्ष पबित्रा आलेले अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आश्रममा खद्यान तथा जिन्सी वितरण गरिएको बताईन् । उनले बिगतमा समेत आमा समुहले बिभीन्न ठाउमा रहेका अनाथ असायहरुलाई सहयोग गदैआएको बताइन् । यो पटक देउसी भैलो बाट संकलन भएको रकमबाट ७० हजार बढिको सहयोग आश्रममा गरिएको उनले जानकारी दिइन् ।

राहत सहयोग हस्तान्तरण कार्यक्रममा समुहका सस्थापक अध्यक्ष कमला आले, सदस्यहरु भद्रकला आले मगर, सल्लाहकार चम्पा पालुङ्गे, रुपमाया थापा, यम कुमारी थापा, छबिदेबी रानालगायतले मानवीय सहयोग नै सबैभन्दा ठुलो सहयोग भएको बताएका थिए ।

आमा समुह र बाउ समुह मिलेर देउसी भैलो खेल्ने दान बापत संकलन भएको रकमको केही प्रतिशत समाजिक सेवा भावमा लगाउने कार्य आफैमा उत्कृष्ठ पुन्यको काम भएको बाउ समुहका सदस्य तारा प्रसाद बुढाथोकीले बताए । समुहले विगतका बर्षहरुमा बृद्धआश्रम, अपाङ्गता आश्रम र अनाथ आश्रम, मानवसेवा आश्रममा समेत सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : ४४ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र