२९ असार २०८३, सोमबार | July 13, 2026

काठमाडौं महानगरद्वारा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध



काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा रोक लगाउने भएको छ।

महानगरको स्वास्थ्य विभागले १५ दिने सूचना जारी गर्दै मंसिर २७ गतेदेखि महानगर भित्र सुर्तीजन्य पदार्थ जस्तै चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुटखा, पानपरागलगायतका पदार्थमाथि प्रतिबन्ध लाग्ने जनाएको छ । सूचना विपरित कसैले बिक्री गरेको पाइएमा नगर प्रहरीले सामान जफत गर्ने सूचनामा उल्लेख छ।

काठमाडौं महानगरले जारी गरेको जनस्वास्थ्य ऐन २०८० को दफा ४२ अनुसार महानगरले सुर्ती तथा जाँड–रक्सीजन्य पदार्थ बिक्रीमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ।

सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको महानगरले जनाएको छ। मदिरामाथि भने महानगरले प्रतिबन्ध लगाएको छैन ।

सहरको स्वच्छता, स्वस्थ्यता र वातावरणीय सुधारका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण पहिलो सर्त रहेको र दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ।

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ९ : ३९ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले