३ पुस २०८२, बिहिबार | December 18, 2025

तेस्रो जैमिनी महोत्सव हुँदै



गकलोट । सहारा राहत कोष स्थापनाका लागि आगामी माघेसङ्क्रान्तिका अवसरमा तेस्रो जैमिनी महोत्सव हुने भएको छ । सहारा युवा क्बलले आगमी पुस २९ गतेदेखि माघ ५ गतेसम्म तेस्रो जैमिनी महोत्सव गर्न लागेको जानकारी दिएको हो ।

विसं २०७० देखि क्लबको अगुवाइमा मेला तथा महोत्सव हुँदै आएको छ । जैमिनी नगरपालिकाको सहयोगमा मेला आयोजना गरिएको क्लबका अध्यक्ष सुरेश सुनारले जानकारी दिए । यो तेस्रो जैमिनी मेला हो ।

मेला आयोजना गर्न जैमिनी नगरपालिकाले रु २० लाख सहयोग गरेको छ । रु ४६ लाख आम्दानी गर्ने अनुमान गरिएको मेला सञ्चालनका लागि रु ३८ खर्च लाग्नेछ । बचत हुने रु ६ लाख ५० हजारको सहारा राहतकोष बनाइने आयोजकले जनाएको छ ।

कोषबाट असहाय, अशक्त, दीर्घरोगी गरिब तथा जटिल रोगीलाई सहयोग गरिने अध्यक्ष सुनारले बताए । मेलामा स्थानीय तथा बाह्य औद्योगिक उत्पादन सेवाको बिक्री, वित्तीय संस्थाको प्रदर्शनी कक्ष, कृषि, जडीबुटी तथा पशुजन्य उत्पादनको प्रदर्शन एवं बिक्री, सूचना प्रविधिसम्बन्धी परामर्श र घरेलु तथा हस्तकलाका सामानको पदर्शनी गरिनेछ ।

कुश्मिसेरा बजारको सहारा खेल मैदानमा हुने मेलामा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला नौमती बाजा प्रतियोगिता र स्थानीय लोपन्मुख झाँकी प्रदर्शनी गरिनेछ ।

जैमिनी नगरपालिका-१ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले ऐतिहासिक मेलाको प्रबद्र्धन र प्रचारप्रसार गर्दै संस्कृकिको संरक्षणका लागि गर्न थालिएको बताए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : ०६ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको