१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मल्लकालीन दरबारको पुनःनिर्माण सुरु



भक्तपुर । भक्तपुर नगरपालिकाको लगानीमा मल्लकालिन थन्थु दरबार पुनःनिर्माण सुरु गरिएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त भएर पुनःनिर्माणको पर्खाइमा रहेको उक्त दरबार भक्तपुर नगरपालिकाले दातृ निकायको सहयोग नलिई आफ्नै लगानीमा पुनःनिर्माण सुरु गरेको हो ।

नगरपालिका नयाँ भवनमा सर्नु अगाडि लामो समय कार्यालय भवनको रुपमा प्रयोग गरिएको थन्थु दरबार कार्य बहुवर्षीय योजनाअन्तर्गत पुनःनिर्माण अगाडि बढाइएको नगर प्रमुख सुनिल प्रजापतिले बताए । उनका अनुसार दरबार मल्लकालीन शैलीमै पुनःनिर्माण गरिने छ । पुरातत्व विभागबाट नक्शा स्वीकृत गराई पुनःनिर्माण कार्य अगाडि बढाइएको उनको भनाइ थियो ।

नगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रको भूकम्पले क्षति पु¥याएर जीर्ण बनेका एवं टेकोको भरमा अडिएका सम्पदाको पुनःनिर्माणमा विदेशी दातृ निकायको लगानीमा बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिने कार्यको विरोध गर्दै आएको छ । यहाँका क्षतिग्रस्त सम्पदाको नगरपालिकाले आन्तरिक स्रोतबाट खर्च जुटाउने भन्दै उपभोक्ता समिति एवं कालीगढबाट पुनःनिर्माण गर्ने अडान लिँदै आएको छ ।

यसअघि पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्वविद् कोष आचार्य, स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी र दुर्हाम विश्वविद्यालयका प्रो रोविन कनिङघमसहितको टोलीले थन्थु दरबार पुनःनिर्माण क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : ०९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले