१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाउदैं



बुटवल । रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस (चार्टर नाईट) मनाउने भएको छ । बिहीबार क्लबको सचिवालयमा पत्रकार सम्मेलन गरी स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने अध्यक्ष करुण खनालले बताए ।

बुटवलमा स्थापना भएको पुरानो क्लब भएको नाताले यस क्षेत्रको सामाजिक उत्तरदायित्वमा सधै अग्रसर रहँदै आएको उनले बताए । रोटा वर्ष २०२३÷२४ मा १० करोड रुपैयाँ बराबरको परियोजनाहरु अगाडि बढिरहेको पनि उनले बताए । सामाजिक रुपमा क्रियाशिल रहेका समूहबाट आवश्यकता महसुस गरेर माग भएअनुसार परियोजना अगाडि बढाउँदै आएको खनालले बताए ।

सिद्धार्थ बाल बहिरा विद्यालयलाई सवारी साधन, कम्युटर, किताब, बुटवल उपमहानगरपालिकालाई आधुनिक वारुणयन्त्र वितरण, रोटरी एम्बुलेन्स, पोलियो प्लस कार्यक्रम, ब्यवसायिक तालिम, बृहत् स्वस्थ्य शिविर, रोटरी पार्क फुलबारी, रोटरी सेड शंकरनगर बनबाटिका, गौतमबुद्घ मुटु अस्पतालमा क्याथ ल्याब सेवा, लुम्बिनी प्रादेशिक तथा सिद्धार्थ बाल तथा महिला अस्पतालमा अक्सिजन प्लान्ट, रोटरी सेवा पदक दुई दुई वर्षमा वितरण गरिदै आएको उनले बताए ।

क्लबबाट अगाडि बढेका एक दर्जन बढी परियोजनाहरु रहेका छन् । आरसिसि केरवानी बसन्तपुर, अनराठ कपिलवस्तु र भाटा रुपन्देहीको विद्यालयमा शैक्षिक वातावरण र स्थानीय क्षेत्रमा जिविकोपार्जनका कार्यक्रम, साक्षरता अभियान, शतप्रतिशत पिएचएफ, एकजना सदस्यलाई मेजर डोनर लिन प्रेरित गर्ने, बृहत् स्वस्थ्य शिविर, नेतृत्व विकास र क्षमता विकास तालिम, अस्पताल र नर्सिङ होमको फोहोरमैला ब्यवस्थापन, बुटवल आम्दा अस्पतालमा वर्न युनिट संचालन, जेष्ठ नागरिक मिलन केन्द्रमा छोरी शिक्षा परियोजना, देवदह मेडिकल कलेजमा ब्लड बैक स्थापना लगायतका कार्यक्रम गर्ने उनले बताए ।

स्थापना दिवसमा क्लबबाट गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति, पत्रकारिता पुरस्कार, पत्रकार अध्ययनरत विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति, नरेन्द्रतेज दृष्टिविहिन विद्यार्थी अक्षयकोष, द्रब्यचन्द्र दृष्टिविहिन अक्षयकोष, सपना अक्षयकोष, वृजनयन ट्रष्ट लगायतका अक्षयकोषबाट पुरस्कृत गरिने छ ।

कार्यक्रममा क्लबका पब्लिक ईमेज चेयर दया भण्डारी, कोषाध्यक्ष लेखनाथ भुषाल, सहसचिव गोपाल अधिकारीले रोटरीबाट समाजमा दिदै आएको योगदानको बारेमा प्रकाश पारेका थिए । क्लबमा हाल एकसय बढी सदस्यहरु छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ३ : २९ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्