२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न



बुटवल । रुपन्देही उद्योग संघले ४६ औं स्थापना दिवश तथा औद्योगिक दिवश-२०८० को अवसरमा बिहिबार व्यवसायीक संघसंस्थाहरु बीच व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।

रुपन्देहीमा क्रियाशिल व्यवसायीक संघ संस्थाहरुको सहभागिता रहेको प्रतियागितामा इट्टा व्यवसायी संघ प्रथम भएको भएको छ । फाइनलमा आयोजक रुपन्देही उद्योग संघको जोडी वोनिन पिया र जिवकान्त काफ्ले बीच प्रतिस्पर्धा भएको थियो जसमा इट्टा व्यवसायी संघको जोडि दिलिप गौचन र बाबुराम पाठक प्रथम भएको हो ।

फाइनलमा दिलिप गौचन र बाबुराम पाठकको जोडिले २१-१६ र २१-१६ को सोझो सेटमा जित निकालेको थियो ।प्रतियोगितामा वोनिन पिया र जिवकान्त काफ्लेको जोडि दोस्रो तथा हिरामणी भट्टराई र गोविन्द भुसाल तथा यादव भण्डारी र कमल ज्ञवालीको जोडि तेस्रो भएको छ ।

पहिलो सेमिफाइनलमा रुपन्देही उद्योग संघको हिरामणी भट्टराई र गोविन्द भुसाल तथा दिलिप गौचन र बाबुराम पाठकको जोडि खेलेको थियो भने दोस्रोमा वोनिन पिया र जिवकान्त काफ्ले तथा औद्योगिक क्षेत्र उद्योग संघको यादव भण्डारी र कमल ज्ञवालीको जोडि खेलेको थियो ।

प्रतियोगितामा नेपाल पत्रकार महासंघ, रुपन्देही उद्योग संघ, इट्टा व्यवसायी संघ, उद्योग व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघका तर्फबाट १२ टिम सहभागिता रहेको कार्यक्रम संयोजक बल बहादुर गोदारले बताए ।

प्रतियोगिता न्यू लुम्बिनी व्याडमिन्टन क्लबको शिवनगर सामुदायिक वनमा निर्मित कर्वड हलमा आयोजना गरिएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संघका पुर्व अध्यक्ष वोनिन पियाले गरेको थिए भने कार्यक्रम सञ्चालन महासचिव हिरामणी भट्टराईले गरेको थिए । कार्यक्रमका संयोजक वलबहादुर गोदारले सहभागी खेलाडी र टिमलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ३ : ४५ बजे

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु

बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१