२८ भदौ २०८३, आइतबार | September 13, 2026

स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न



बुटवल । रुपन्देही उद्योग संघले ४६ औं स्थापना दिवश तथा औद्योगिक दिवश-२०८० को अवसरमा बिहिबार व्यवसायीक संघसंस्थाहरु बीच व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।

रुपन्देहीमा क्रियाशिल व्यवसायीक संघ संस्थाहरुको सहभागिता रहेको प्रतियागितामा इट्टा व्यवसायी संघ प्रथम भएको भएको छ । फाइनलमा आयोजक रुपन्देही उद्योग संघको जोडी वोनिन पिया र जिवकान्त काफ्ले बीच प्रतिस्पर्धा भएको थियो जसमा इट्टा व्यवसायी संघको जोडि दिलिप गौचन र बाबुराम पाठक प्रथम भएको हो ।

फाइनलमा दिलिप गौचन र बाबुराम पाठकको जोडिले २१-१६ र २१-१६ को सोझो सेटमा जित निकालेको थियो ।प्रतियोगितामा वोनिन पिया र जिवकान्त काफ्लेको जोडि दोस्रो तथा हिरामणी भट्टराई र गोविन्द भुसाल तथा यादव भण्डारी र कमल ज्ञवालीको जोडि तेस्रो भएको छ ।

पहिलो सेमिफाइनलमा रुपन्देही उद्योग संघको हिरामणी भट्टराई र गोविन्द भुसाल तथा दिलिप गौचन र बाबुराम पाठकको जोडि खेलेको थियो भने दोस्रोमा वोनिन पिया र जिवकान्त काफ्ले तथा औद्योगिक क्षेत्र उद्योग संघको यादव भण्डारी र कमल ज्ञवालीको जोडि खेलेको थियो ।

प्रतियोगितामा नेपाल पत्रकार महासंघ, रुपन्देही उद्योग संघ, इट्टा व्यवसायी संघ, उद्योग व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघका तर्फबाट १२ टिम सहभागिता रहेको कार्यक्रम संयोजक बल बहादुर गोदारले बताए ।

प्रतियोगिता न्यू लुम्बिनी व्याडमिन्टन क्लबको शिवनगर सामुदायिक वनमा निर्मित कर्वड हलमा आयोजना गरिएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संघका पुर्व अध्यक्ष वोनिन पियाले गरेको थिए भने कार्यक्रम सञ्चालन महासचिव हिरामणी भट्टराईले गरेको थिए । कार्यक्रमका संयोजक वलबहादुर गोदारले सहभागी खेलाडी र टिमलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ३ : ४५ बजे

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत