८ चैत्र २०८२, आइतबार | March 23, 2026

वेस्टमिन्स्टर कलेजमा युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेको दुई नयाँ पाठ्यक्रम सञ्चालन



काठमाडौँ। ललितपुरको कुपण्डोलस्थित ‘द वेस्टमिन्स्टर कलेज’ले यूकेको दुई शैक्षिक पाठ्यक्रमहरु सञ्चालनमा ल्याएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको वेस्टमिन्स्टर कलेजले युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेका दुई नयाँ पाठ्यक्रमहरू बीएससी कम्प्युटर साइन्स र साइबर सेक्युरिटी एण्ड फोरेन्सिक्सस् विषय सञ्चालनमा ल्याएको हो ।

सूचना तथा प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति तयार गर्नको लागि वेस्टमिन्स्टरले सर्वसुलभ शुल्कमा उल्लेखित पाठ्यक्रमहरु सञ्चालनमा ल्याएको हो । प्रविधिको क्षेत्रमा नविनता र आविष्कार गर्नको लागि सक्षम जनशक्तिको निर्माण गरेर मुलुकको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य स्वरुप पाठ्यक्रमहरु सञ्चालनमा ल्याएको कलेजको भनाई छ ।

वेस्टमिन्स्टर कलेजका प्रमुख अरुण लाल जोशीले यी पाठ्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने उत्साह व्यक्त गर्दै भने, ‘हामीले बीएससी कम्प्युटर साइन्स र साइबर सेक्युरिटी एण्ड फोरेन्सिक्सस् विषय सञ्चालनमा ल्याएर शिक्षा मात्रै प्रदान गरिरहेका छैनौं, डिजिटल नेपालको भविष्यलाई समेत आकार दिइरहेका छौं ।’

कलेजले सम्भावित विद्यार्थी र उनीहरुको परिवारहरूलाई यी परिवर्तनकारी शैक्षिका कार्यक्रमहरूले डिजिटल युगमा फस्टाउँदो करिअरको लागि मार्ग प्रशस्त गर्ने प्रतिज्ञा गरेको छ ।

लण्डनस्थित वेस्टमिन्स्टर युनिभर्सिटी, क्यूएस वल्र्ड विश्वविद्यालय र्याङ्किङ्ग– २०२४ मा ७११–७२० मा परेर सिल्भर रेटिङ पाएको छ। विद्यार्थीहरुको शैक्षिक अनुभव र विद्यार्थीहरुको नतिजाको आधारमा सिल्भर रेटिङ पाएको हो । यस विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीहरुले चार वर्षको डिग्री प्राप्त गर्छन्। त्यस्तै, उनीहरुले ई–लाइब्रेरी, ब्ल्याकबोर्ड प्लेटफर्मका साथै समृद्ध शैक्षिक अनुभवसम्मको पहुँच प्राप्त गर्छन् ।

कम्प्युटर साइन्स विषय व्यापक ज्ञानसँग विद्यार्थीहरुलाई हरेक ढंगले तम्तयार पार्नको लागि डिजाइन गरिएको छ, यसमा कम्प्युटर साइन्सबारे बृहत ज्ञान, सफ्टवेरको विकास, आर्टिफिसियल इन्टिलिजेन्स, डेटा एनालिटिक्स लगायतका क्षेत्रहरू समेटिएका छन्। यो पाठ्यक्रम विश्वव्यापी उद्योगका आवश्यकताहरु पूरा गर्न र प्राविधिक क्षेत्रका विविध भूमिकाका लागि विद्यार्थीहरु तयार पार्न सक्षम छ ।

त्यस्तै, कलेजले प्रदान गरेको अर्को विषय साइबर सेक्युरिटी एण्ड फोरेन्सिक कार्यक्रम साइबर सुरक्षा र डिजिटल फोरेन्सिकको महत्वपूर्ण पक्षहरूमा केन्द्रित रहेको छ । यो विषयले डिजिटल एसेस्ट्सहरुको सुरक्षा गर्ने र साइबर अपराधहरूको अनुसन्धान गर्ने जनशक्तिहरुको उत्पादन गर्ने लक्ष्य राखेको छ। विश्वव्यापी रूपमा साइबरसुरक्षा विज्ञहरुको बढ्दो मागलाई पुरा गर्नको लागि यस विषय महत्वपूर्ण छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १ : ३३ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय