४ पुस २०८२, शुक्रबार | December 20, 2025

टी-२० सिरिज : भारत एक खेल अगावै विजयी



काठमाडौं । अस्ट्रेलिया विरुद्धको टी-२० सिरिज भारतले जितेको छ । शुक्रबार राति सम्पन्न चौथो खेलमा अस्ट्रेलियालाई २० रनले हराउँदै भारतले सिरिज एक खेल अगावै ३-१ ले जितेको हो ।

हालै भारतलाई हराउँदै एकदिवसीय विश्वकप विश्वकप जितेको अस्ट्रेलियाले टी-२० सिरिजमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेन । श्रृंखलाको चौथो खेलमा भारतले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाए १ सय ५४ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान​ म्याथ्यू वेडले अविजित ३६, ट्रभिस हेडले ३१, म्याथ्यू सर्टले २२, टिम डेविड र बेन म्याक्डरमोर्टले १९/१९ रन बनाए । भारतका लागि अक्षर पटेलले तीन, दीपक चाहरले दुई, आवेश खान र रवि विश्नोईले एक/एक विकेट लिए ।

त्यसअघि रायपुरस्थित शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम भारतले निर्धारित २० ओभरा ९ विकेट गुमाएर १ सय ७४ रन बनायो । उसका लागि रिंकु सिंहले २९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

यस्तै, यशस्वी जैसवालले ३७, जितेश शर्माले ३५ र ऋतुराज गायकवाडले ३२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । अस्ट्रेलियाका लागि बेन द्वारह्युजेजले तीन, जेसन बेहरेन्डोर्फ, तनवीर सांघाले दुई/दुई र आरोन हार्डीले एक विकेट लिए ।

योसँगै पाँच खेलको सिरिजमा भारतले ३-१ को अग्रता लिएको छ । भारत र अस्ट्रेलियाबीचको पाँचौं टी-२० खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको