३० असार २०८२, सोमबार | July 14, 2025

नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा



काठमाडौं । भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ । फ्रेन्डसिप कप अन्तर्गत जारी टी-२० सिरिजमा नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित हासिल गरेको हो ।

बुधबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको छ । नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउदै १७३ रन बनाएको हो ।

यस अघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १८१ रन बनाएको थियो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ८५ रन बनाएका थिए । त्यसति कुशल भुर्तेलले ५४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसैगरी गुजरातका बलर जयमित पटेलले ३ विकेट लिएका थिए भने दृशान्त सोनी र आर्या देसाईले २-२ विकेट लिएका थिए ।

यो जितसँगै नेपाल फ्रेन्डसिप कपको फाइनलमा पुगेको छ । नेपाल शुक्रबार बरोडासँग अन्तिम खेल नखेल्दै फाइनलमा पुगेको हो । यस फ्रेन्डसिप कपमा गुजरातले एक खेल जितेको छ भने बरोडाले कुनै जित हासिल गरेको छैन ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ६ : २८ बजे

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

नयाँदिल्ली । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी

बजेट निर्माण गर्न बनाइएको विधि भत्काइयो, सेटिङमा बजेट बनाइयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा

नवलपुरमा करेन्ट लागेर मजदुरको मृत्यु

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–३ पुरानो कावासोतीमा

पर्यटक लोभ्याइरहने घान्द्रुक, गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय

पोखरा । जब प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा भेटिन्छन्,

प्रचण्डको प्रश्न – ३०० दिनमा कहाँ जोडियो फ्लडलाइट र कहाँ बन्यो र प्याराफिट ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का