२८ भदौ २०८३, आइतबार | September 13, 2026

टी-२० सिरिज : भारत एक खेल अगावै विजयी



काठमाडौं । अस्ट्रेलिया विरुद्धको टी-२० सिरिज भारतले जितेको छ । शुक्रबार राति सम्पन्न चौथो खेलमा अस्ट्रेलियालाई २० रनले हराउँदै भारतले सिरिज एक खेल अगावै ३-१ ले जितेको हो ।

हालै भारतलाई हराउँदै एकदिवसीय विश्वकप विश्वकप जितेको अस्ट्रेलियाले टी-२० सिरिजमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेन । श्रृंखलाको चौथो खेलमा भारतले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाए १ सय ५४ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान​ म्याथ्यू वेडले अविजित ३६, ट्रभिस हेडले ३१, म्याथ्यू सर्टले २२, टिम डेविड र बेन म्याक्डरमोर्टले १९/१९ रन बनाए । भारतका लागि अक्षर पटेलले तीन, दीपक चाहरले दुई, आवेश खान र रवि विश्नोईले एक/एक विकेट लिए ।

त्यसअघि रायपुरस्थित शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम भारतले निर्धारित २० ओभरा ९ विकेट गुमाएर १ सय ७४ रन बनायो । उसका लागि रिंकु सिंहले २९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

यस्तै, यशस्वी जैसवालले ३७, जितेश शर्माले ३५ र ऋतुराज गायकवाडले ३२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । अस्ट्रेलियाका लागि बेन द्वारह्युजेजले तीन, जेसन बेहरेन्डोर्फ, तनवीर सांघाले दुई/दुई र आरोन हार्डीले एक विकेट लिए ।

योसँगै पाँच खेलको सिरिजमा भारतले ३-१ को अग्रता लिएको छ । भारत र अस्ट्रेलियाबीचको पाँचौं टी-२० खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : २० बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब