२९ माघ २०८२, बिहिबार | February 13, 2026

गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुपर्छ : संचारमन्त्री शर्मा



दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारले गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने बताएकी छिन् ।

सल्यानको कपुरकोट गाउँपालिकाले आज आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री शर्माले सरकारको प्राथमिकता सुशासन र गुणस्तरीय सेवा प्रवाह भएको बताइन । उनले स्थानीय सरकारले पनि नागरिक केन्द्रित सेवा प्रवाहमा ध्यान दिनुपर्ने धारणा राखिन ।

सरकारले सुशासन र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने नीति लिएपछि शैक्षिकसत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक सम्बन्धित स्थानीय तहसम्म पुगेको, मल आपूर्ति सहज भएको, सेवा प्रदायक कार्यालयमा लामो लाइन बस्नुपर्ने समस्या अन्त्य भएकोलगायत उदाहरण पेस गर्दै मन्त्री शर्माले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताइन ।

सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री शर्माले पूर्वाधार निर्माण र विकासका अन्य काम सङ्घीय तथा प्रदेश सरकारले गर्ने बताइन । सङ्घीयताले जनताको घर नजिक सरकार पु¥याएको भन्दै उनले यसबाट जनताले शासन होइन सेवा अनुभूति गर्नुपर्नेमा जोड दिइन । राप्ती लोकमार्गको स्तरोन्नति, टेलिफोन सेवा सुधारलगायत विकास निर्माणमा सरकारको प्राथमिकता रहेको मन्त्री शर्माले स्पष्ट गरिन् ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले गरेका थिए। गाउँपालिकाका समस्याबारे उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी गराएका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १ : ११ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक