१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

रोटरी क्लब अफ बुटवलको ३१ औं स्थापना दिवस, सामाजमा रोटरीको भूमिका प्रभावकारी बनेको सरोकारवालाको निष्कर्ष



बुटवल । विभिन्न क्षेत्रका व्यक्तिहरुले सामाजिक उत्तरदायित्व बहनमा रोटरीको भूमिका प्रभावकारी रहेको बताएका छन् । शिक्षा, स्वास्थ्यलगायत सामाजिक सरोकारका विषयहरुमा रोटरीले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आफ्ना कार्यक्रम अघि बढाएको भन्दै उनीहरुले समाजमा रोटरीको छुट्टै पहिचान स्थापित भएको समेत बताए ।

रोटरी क्लब अफ बुटवलको ३१ औं स्थापना दिवस समारोहमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । समाज रुपान्तरणका लागि रोटरीयनहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले सामाजिक क्षेत्रमा अरु रचनात्मक क्रियाकलाप गर्न समेत आग्रह गरे ।

कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्रप्रसाद ध्वजूले समाजमा केही गरौं भन्ने भावनाका साथ रोटरीमा लागेका व्यक्तिहरुले स्वार्थ भन्दा माथि उठेर सेवा प्रदान गरिरहेको बताए । “रोटरी विशुद्ध स्वार्थरहित संस्था हो, सबैसँग हातेमालो गर्दै सामाजिक विकासका निम्ति नै यसले काम गर्दै आएको छ”–उनले भने ।

रोटरीले वर्षेनी नयाँ नयाँ प्रेजेक्ट ल्याएको र प्रोजेक्ट सम्पन्न गर्न रोटरी इन्टरनेशनलले पनि सहयोग गरिरहेको भन्दै उनले रोटरीले सञ्चालन गरिरहेका परियोजनाहरुको अवस्थाबारे निरन्तर नियमन गर्नुपर्नेमा जोड दिए ।

अनुभवी व्यक्ति रोटरीमा आउनुपर्ने र जसले युवालाई मार्गनिर्देशन गर्ने भन्दै उनले रोटरी फाउन्डेशनमा योगदान गर्न पनि आग्रह गरे ।

कार्यक्रममा गेष्ट स्पीकरको रुपमा सहभागी अटिजम भएका बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी अभियन्ता सविता उप्रेतीले रोटरीले गर्दै आएको कामले समाज रुपान्तरणमा महत्वपूर्ण टेवा पुग्ने बताइन् । आफूले विशेष स्कुल तथा पुनःस्थापना केन्द्र स्थापना गरी विगत १३ वर्षदेखि अटिजम भएका बालबालिकाका लागि सेवा दिँदै आएको बताइन् ।

अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कारका लागि छनोट भएकी उप्रेतीले आफूले सस्था सञ्चालन गरेको १३ वर्षयता ४ सय बालबालिकालाई सेवा दिइसकेको भन्दै विभिन्न कठिानाई झेल्दै अहिलेको अवस्थासम्म आइपुगेको बताइन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले रोटरीयनहरुको अझै बढी योगदान देश र समाजले खोजिरहेको बताइन् । बुटवलको विकासमा रोटरी जस्ता संस्थाहरुसँग मिलेर धेरै काम गर्न सकिने भन्दै उनले यसका लागि सबैले संकल्प गर्नुपर्ने बताइन् ।

रोटरी क्लव अफ बुटवलका अध्यक्ष करुण खनालको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी इन्टरनेशनलका परियोजना निर्देशक लाउरा ब्रेडली, एआरआरएफसी एमके झा, प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष बाबुकाजी शाक्य, रोटरीयनहरु रोम शर्मा, गोपालप्रसाद अधिकारी, खिमनारायण पराजुली लगायतले पनि बोलेका थिए ।

त्यस अवसरमा विभिन्न अक्षयकोषबाट गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस्तै पत्रकार रामप्रसाद आचार्यलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पुर्व अध्यक्षहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : ५७ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति