२९ श्रावण २०८३, शुक्रबार | August 15, 2026

‘काठमाडौं वरपरका जिल्लाको विकास गर्ने समय आयो’



नुवाकोट । अर्थमन्त्री डा प्रकाशशरण महतले अब काठमाडौं वरिपरिका जिल्लाको विकासका लागि समय आएको बताएका छन ।

आज नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री महतले भने, “काठमाडौं बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसङ्ख्या पनि छ ।” “राजधानी काठमाडौंसँग जोडिएको नुवाकोट नजिक भएर पनि पछाडि परेको जिल्ला हो, टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो”, उनले भने, “त्यहाँका अगुवाले शिक्षामा लगानी गरे । लेखपढलाई प्राथमिकता दिए तर काठमाडौं वरिपरिको आम्दानीको मूल स्रोत जग्गा जमिन थियो ।”

अर्थमन्त्रीले भने, “काठमाडौंमा राणाहरूका नजिक जो थिए, तिनलाई रिझाएबापत पुरस्कारका रूपमा जमिन माग्थे । उब्जनी सहजै काठमाडौं पुर्याउन सकिने ठाउँमा उनीहरु जमिन माग्थे । काठमाडौंसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौं बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरू धेरै भए ।”

“काभ्रे, धादिङ र नुवाकोटका जनताले प्रशस्त उब्जनी गर्ने र ठूलो हिस्सा काठमाडौं पुर्याउने काममा केन्द्रित छन् । शिक्षाको विकास विशेषतः ०४६ पछि मात्र गति लिएको हो”, उनले भने, “काठमाडौंको नजिक र शासकको नजरमा परेर हिजो नुवाकोटका जनता रैती बनेका थिए ।” अब काठमाडौंबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्छ । काठमाडौं-छहरे सुरुङमार्गको काम हामीले गरिरहेका छौँ । रु एक अर्ब बजेट पनि राखेका छौँ, सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्त्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर तयारीको काम देखिँदैन ।”

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ९ : ०० बजे

चौथो रुपन्देही खुला फुटसलमा पहिलो दिन १२ खेलहरु सम्पन्न

बुटवल । बुटवलमा चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ मा

बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच अन्तरक्रिया सम्पन्न

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा

संवैधानिक इजलासको छनौटपूर्ण गठन एवं तोक आदेशले मुद्दा तोक्ने निर्णय सच्याउन नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र

देशको अवस्था संवेदनशील छ, कांग्रेसले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक