१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

फिलिपिन्समा ७.५ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी



काठमाडौं । फिलिपिन्समा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार अबेर दक्षिणी फिलिपिन्सको मिन्डानाओ केन्द्र बनाएर भूकम्प गएको हो ।

जमिनी सतहभन्दा करिब ६३ किलोमिटर गहिराइमा गएको भूकम्पका कारण सुनामी आउने चेतावनी दिइएको छ । फिलिपिन्सको भूकम्प विज्ञान एजेन्सीले स्थानीय समयानुसार शनिबार मध्यरातमा सुनामी आउने र केही घण्टासम्म जारी रहनसक्ने बताएको छ ।

अमेरिकाको सुनामी चेतावनी प्रणालीले फिलिपिन्समा केही घन्टासम्म ज्वारको स्तरभन्दा ३ मिटर माथिसम्म छाल आउनसक्ने बताएको छ ।

फिलिपिन्सको भूकम्पले जापानमा समेत सुनामीको चेतावनी दिइएको छ । जापानको दक्षिण-पश्चिमी तटमा १ मिटर माथिसम्म छाल आउनसक्ने बताइएको छ ।

भूकम्पको केन्द्र रहेको फिलिपिन्सको तटीय शहर हिनाटुआनका स्थानीय प्रहरी प्रमुख रेमार्क रेमार्क जेनटालनले भूकम्पको धक्का महसुस भएपछि बिजुलीको आपूर्ति बन्द भएको बताएका छन् । अहिलेसम्म कुनै हाताहाती या क्षतिको विवरण प्राप्त नभएको उनले बताएका छन् ।

फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एसियाली देश हो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ६ : ४७ बजे

निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने

रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा

लोपोन्मुख वनकरिया भन्छन्, ‘लालपुर्जा दिलाउनेलाई मत दिन्छौँ’

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-४ टवाङ्ग्राखोला छेउको लोपोन्मुख वनकरिया बस्तीका