२३ चैत्र २०८२, सोमबार | April 6, 2026

‘मायाबी’को छायांकन सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास



काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायाबी’को छायांकन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको पहिलो चरण र दोस्रो चरण गरि करिब २ महिनामा छायांकन सकिएको हो ।

फिल्मको छायांकन सकिएको अवसरमा निर्माणपक्षले केक काटेर खुशी साटेको थियो । शनिबार बिहान २ बजे फिल्मका मुख्य कलाकार र प्राविधिकहरुले इन्ड क्ल्याप गरेका थिए ।

यो फिल्ममा पल शाह, दीपिका प्रसाँई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्मको छायांकन सकिएसँगै निर्देशक भट्टराई निकै उत्साहित छन् । उनले, यो फिल्म आफ्ना लागि पनि विशेष हुने र नायक पल शाहको करिअरलाई भने नयाँ उचाई दिने बताएका छन् ।

फिल्ममा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । फिल्मको सह-निर्माताको रुपमा राजु पराजुली, रमा प्रसाँई र नभ्नित झा छन् । फिल्मका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रुपमा अम्बरीश कश्यप छन् ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । फिल्मको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् ।

फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । यो फिल्मले पोखरा केन्द्रित कथा भन्छ । राम्रो टिम भएकाले राम्रोसँग छायांकन सकियो, अब फिल्मको पोष्ट प्रोडक्शनको काम सकाएपछि प्रदर्शन मिति तय गर्ने निर्देशक भट्टराईले बताएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ७ : ०७ बजे

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ