१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

चाँगुनारायणमा ‘एक समुदाय, एक प्रथम उद्धारकर्ता टोली’



भक्तपुर । चाँगुनारायण नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउन लागिएको छ । यसका लागि नगरपालिकाले प्रत्येक वडालाई विपद् व्यवस्थापनयुक्त बनाउन आवश्यक कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ

नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका घोषणा गर्न ‘एक समुदाय, एक प्रथम उद्धारकर्ता टोली’ तयार गर्न चालु आर्थिक वर्षमा नगरपालिकाले वडास्तरमा द्रुत प्रतिकार्य टोली गठन गरी प्रशिक्षण दिएर दक्ष जनशक्ति तयार पारेको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए ।

थप तयारीका लागि चाँगुनारायण नगरपालिकाले शनिबार प्रत्येक वडामा आधारभूत खोज तथा उद्धारका सामग्री हस्तान्तरण गरेको छ । नगरप्रमुख खत्रीले भने, “हाम्रो नगरपालिकामा कुनै पनि विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई अति न्यूनीकरण गर्दै नगरवासीलाई सुरक्षित बनाउनका लागि उच्च प्राथमिकतामा राखेर विपद् व्यवस्थापनका कार्यक्रम एवं गतिविधिलाई अगाडि बढाएका छौँ, नगरपालिकाले विपद् प्रतिकार्यका लागि एक समुदाय एक प्रथम उद्धारकर्ता टोली, एक वडा एक द्रुत प्रतिकार्य टोली गठन गरी आवश्यक तालिम प्राप्त दक्ष जनशक्ति तयार पार्ने कार्य गरेका छौँ, खोज तथा उद्धारका लागि प्रत्येक वडामा उद्धार सामग्री हस्तान्तरण गरेका छौँ ।”

नगर क्षेत्रभित्र हुनसक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै स्थानीयस्तरमै तत्काल परिचालन भएर खोज तथा उद्धार गर्न सक्नेगरी तयार पारिएका स्वयंसेवकलाई परिचालन गर्न र प्रतिकार्यका प्रारम्भिक काममा सहजता ल्याउनलाई थप सहयोग पुगोस् भनेर नगरपालिकाले खोज तथा उद्धारका सामग्री दिएको नगरप्रमुख खत्रीले जानकारी दिए ।

उनले प्रत्येक वडामा आधारभूत खोज तथा उद्धारका लागि टिनको बाकस, सावेल, पिक, हम्मर, हँसिया, कोदालो, छिना, क्रोबार, गल, बाल्टिन, हेल्मेट, कैँची, करौती, प्राथमिक उपचार बाकस, स्ट्रेचर, काम्रो, सिठ्ठी, डोरी, हेड ल्याम्प, मेगाफोन, बुट, पञ्जा, मास्क, निप्याड, चश्मा, हाल्फ भेष्टलगायतका खोज तथा उद्धारका सामग्री हस्तान्तरण गरिएको बताए ।

नगरपालिकालाई खोज तथा उद्धारका लागि आवश्यक सामग्री प्रदान गर्न नेक्सस परियोजनाले सहकार्य गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले जानकारी दिए । नगरपालिकाले विपद्का क्षेत्रको समेत पहिचान गरेर आवश्यक तयारी गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ७ : २६ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक