२० मंसिर २०८२, शनिबार | December 6, 2025

बन्ध्याकरण गर्न महिलालाई पठाउँछन् बाँकेका पुरुष



नेपालगन्ज । बाँकेमा परिवार नियोजन स्थायी बन्ध्याकरण गर्नेमा धेरै महिलालाई नै पठाउने गरिएको छ । स्वास्थ्य कार्यालय, बाँकेले पालिकाहरुमा सञ्चालन गरेको घुम्ती बन्ध्याकरण शिविरमा बन्ध्याकरणको सेवा लिन अधिकांस महिलालाई पठाएको पाइएको हो ।

अहिलेसम्म तीन ठाउँमा गरिएको बन्ध्याकरण शिविरमा ३७ जना महिला र पाँच जना पुरुषले सेवा लिएको स्वास्थ्य कार्यालय, बाँकेका फोकलर्पन देवनारायण उपाध्यायले जानकारी दिए । राप्तीसोनारी अस्पताल, बैजापुरमा १४ जना महिला र एक पुरुष, गंगापुरमा ८ जना महिला र तीन पुरुष, आधारभूत स्वास्थ्य केन्द्र राप्तीसोनारीमा १५ जना महिला र एक जना पुरुषले बन्ध्याकरण गरेका छन् ।

बन्ध्याकरण गरे कमजोर भइने भ्रमका कारण महिलालाई पठाउने प्रचलन अझै कायम रहेको फोकलपर्सन उपाध्यायले बताए । बाँकेमा विगतदेखि मिनिल्याप हुने गरेको तथ्याँक भेटिएको छ । पुरुषले भ्यासेक्टोमी अति नै कम गर्छन् । फोकलपर्सन उपाध्यायका अनुसार पुरुषले बाहिर गएर काम गर्नु पर्छ, अप्रेसन गर्दा कमजोर हुन सक्छ भन्ने मानसिकताका कारण महिलालाई बन्ज्ध्याकरण गर्न पठाइएको हो । महिलालाई भन्दा पुरुषलाई बन्ध्याकरण गर्न सहज हुने र तन्दुरुस्ती पनि पुरुष छिटो हुने फोकलपर्सन उपाध्यायले बताए । पहाडी बस्तीहरुको तुलनामा थारु बस्तीहरुका महिलालाई पठाउने प्रचलन बढी रहेको छ ।

स्वास्थ्य कार्यालयले मंसीर १४ गतेदेखि पुष २ गतेसम्म जिल्लाका आठ पालिकाको दश ठाउँमा बन्ध्याकरण शिविर सञ्चालन रेपनि शिविरमा उत्साहजनक सहभागिता देखिएको छैन । अस्थायी साधनको बढ्दो प्रयोगले पनि बन्ध्याकरण धेरै नभएको आंकलन गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले गतवर्ष संचालन गरेको शिविरमा १ सय ६६ जनाले बन्ध्याकरण गराएका थिए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ३ : ०७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल