२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

भन्सार छलेर नेपाल भित्रिएको ५६ बोरा चिनी सहित बोलेरो पिकअप र २ जना प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल भित्राइएको ठुलो परिमाणमा चिनी बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं ५ पर्सहवाबाट ५६ बोरा चिनी बरामद गरेको हो ।

चिनी बोक्न प्रयोग भएको लु २ च २४ नम्बरको बोलेरो पिकअपमा चिनी नेपाल ल्याउँदै गरेको अवस्थामा बुटवल उप(महानगरपालिका २ का चालक ईश्वर
भुसाल र गाडीमा सवार बुटवल १३ का अर्जुन कुँवरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा चिनी ५६ बोरा तथा गाडीको अन्दाजी मूल्य सहित ११ लाख ८२ हजार मुल्याङ्कन गरि सवारी तथा पक्राउ परेका २ जनालाई भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ५१ बजे

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –