४ पुस २०८२, शुक्रबार | December 19, 2025

न्यूरोडबाट बरामद भएको सुन सात किलोग्रामभन्दा बढी



काठमाडौं । काठमाडौँको न्यूरोडबाट बरामद भएको सुन सात किलोग्राम एक सय ८५ ग्राम भएको खुलेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार राति पक्राउ गरी आज गरेको चेकजाँचका क्रममा उक्त परिणाममा सुन भएको खुलेको हो ।

प्रहरीले उक्त परिणामको सुनसहित चार हजार एक सय अमेरिकन डलर र रु ३९ लाख ५० हजार नेपालीसहित कैलाली घर भई काठमाडौँको नागार्जुन बस्दै आएका ४१ वर्षीय पद्मप्रसाद पाण्डेलाई पक्राउ गरेको थियो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले न्यूरोडलगायत विभिन्न ठाउँमा बिलबिजकबिना सुनका गरगहना बिक्री वितरण गरेको सूचनाका आधारमा पाण्डेलाई पक्राउ गरिएको जानकारी दिए । “पक्राउ परेका व्यक्तिले हुण्डीमार्फत वित्तीय कारोबार गर्ने गरेको खुलेको छ”, प्रवक्ता रेग्मीले भने ।

पक्राउ परेका पाण्डेले ओम पर्ल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट सुनका विभिन्न गहना तथा सुनका टुक्रा बिलबिजकबिना बिक्री गर्ने गरेको खुलेको प्रवक्ता रेग्मीले बताए । पक्राउ परेका पाण्डेलाई आवश्यक अनुन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : ३४ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा