९ चैत्र २०८२, सोमबार | March 23, 2026

लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिने



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगन्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गर्ने घोषणा गरेका छन् । अस्पतालको निरीक्षण गर्न आज अस्पताल पुगेका मुख्यमन्त्री चौधरीले अस्पतालको शैया थप सहित स्तरउन्नती गर्ने घोषणा गरेका हुन् ।

उनले अस्पतालको सेवा सुविधालाई अझैं चुस्तदुरुस्त बनाएर बिरामीलाई सहज तरिकाले सेवा प्रवाह गर्नका लागि यसै आर्थिक वर्षमा नै थप ३५ शय्या थप गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । ।

उक्त अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) डा. अमिनकुमार श्रेष्ठले अस्पतालको गतिविधि र समस्याका बारेमा जानकारी गराएका थिए । उनले अस्पतालमा पूर्वाधार र जनशक्ति अभावले समस्या रहेको गुनासो गरे ।

लुम्बिनी प्रदेश मात्र नभएर कर्णाली र सुदूरपश्चिमका प्रहरी कर्मचारी, प्रहरी परिवार र पूर्व प्रहरी तथा उनका परिवारका बिरामीलाई सेवा दिँदै आएको जानकारी दिए । उक्त अस्पताललाई तत्कालका लागि ५० शैयाको बनाउनुपर्ने माग गरे ।

डा. श्रेष्ठले ४२ बेडको अस्पतालको नयाँ भवन निर्माणाधीन अवस्थामा रहेको र भवन निर्माण कार्य पूरा हुने बित्तिकै ५० शैयाको अनुमति दिनुपर्ने माग गरे । अस्पताललाई सर्वसाधारणका लागि समेत सञ्चालन गर्ने गरी त्यहाँ रहेको करिव ४ बिघा क्षेत्रफलमा अस्पतालको स्तरोन्नती गर्नका लागि गुरुयोजना तयार गरिएको बताए ।

उक्त अस्पतालले २४ सै घण्टा आपत्कालिन सेवा, जनरल मेडिसिन, हाडजोर्नी उपचार, इन्टरनल मेडिसिन, कलेजो रोगको उपचार, नाक कान घाँटी उपचार, दाँतको विशेषज्ञ उपचारसहित सामान्य शल्यक्रिया, प्रयोगशाला, एक्सरे र फिजियोथेरापी सेवा प्रदान गर्दै आएको छ ।

यस्तै अस्पतालले छाला रोग, स्त्री रोग, सर्जरी र मानसिक रोगको उपचारका लागि आंशिक रुपमा सेवा दिँदै आएको जनाएको छ ।

सो अवसरमा निर्देशक डा श्रेष्ठले अस्पतामा आवश्यक भौतिक संरचनाका साथै निर्माणाधीन भवनको बारेमा पनि जानकारी गराएका थिए । विसं २०५५ मा स्थापना भएको उक्त अस्पतालले लुम्बिनी मात्र नभइ कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई समेत सेवा दिँदै आइरहेको छ । प्रदेश अन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरुका परिवार र भूपू प्रहरीलाई समेत लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आएको उनले बताए ।

निर्देशक डा श्रेष्ठले प्रदेश प्रहरी अस्पताललाई तीनवटै प्रदेशको स्वास्थ्य उपचारको ‘हब’ बनाउने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : ५७ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा