४ पुस २०८२, शुक्रबार | December 19, 2025

अनलाईन मार्फत ठगी गर्ने कोहलपुरका श्रेष्ठ काठमाडौंमा पक्राउ



बुटवल । सामाजिक संजालमा प्रलोभन देखाई ठगी गर्दै आएका कोहलपुरका एकजना युवकलाई काठमाडौंमा पक्राउ गरिएको छ । अनलाईन ब्यापारको नाममा ठकी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोहलपुरका रमेश श्रेष्ठलाई पक्राउ गरेको हो ।

सामाजिक संजाल फेसबुक, टिकटक, ईस्टाग्राम को मार्केट प्लेसको माध्यमबाट सस्तोमा आईफोन १२ प्रो र आइफोन १३ प्रो जस्ता मोबाईलहरु बिक्रिमा राखि अनलाईन निवेदकहरुसँग अनलाईनमा च्याट गरी लगानी समेत गर्न लागाएको श्रेष्ठमाथि प्रहरीको आरोप छ । प्रहरीका अनुसार श्रेष्ठले अनलाईन मार्फत गिफ्ट दिने प्रलोभन र मोबाईल बिक्रीको झुट्टा विज्ञापन राखी आश्वासन दिई पिडितहरुलाई डेलिभरीको सामान आईपुगेको छ, तपाईले कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता बिभिन्न प्रयोजनमा रकम तिर्नु पर्छ भनी पिडितलाई बिश्वास दिलाई बिभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खातामा ८ लाख ४ हजार ९८५ रुपैयाँ रकम पठाउन लगाई ठगी गर्दै आएका थिए ।

ठगी कार्यमा संग्लन बाँके कोहलपुर ७ का २५ वर्षीय रमेश श्रेष्ठलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाईएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रबिन्द्र रेग्मीले बताए । पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगगरेर ठगी गर्ने विरुद्ध प्रहरीले कडाई गर्न थालेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ५ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको