२३ माघ २०८२, शुक्रबार | February 6, 2026

अनलाईन मार्फत ठगी गर्ने कोहलपुरका श्रेष्ठ काठमाडौंमा पक्राउ



बुटवल । सामाजिक संजालमा प्रलोभन देखाई ठगी गर्दै आएका कोहलपुरका एकजना युवकलाई काठमाडौंमा पक्राउ गरिएको छ । अनलाईन ब्यापारको नाममा ठकी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोहलपुरका रमेश श्रेष्ठलाई पक्राउ गरेको हो ।

सामाजिक संजाल फेसबुक, टिकटक, ईस्टाग्राम को मार्केट प्लेसको माध्यमबाट सस्तोमा आईफोन १२ प्रो र आइफोन १३ प्रो जस्ता मोबाईलहरु बिक्रिमा राखि अनलाईन निवेदकहरुसँग अनलाईनमा च्याट गरी लगानी समेत गर्न लागाएको श्रेष्ठमाथि प्रहरीको आरोप छ । प्रहरीका अनुसार श्रेष्ठले अनलाईन मार्फत गिफ्ट दिने प्रलोभन र मोबाईल बिक्रीको झुट्टा विज्ञापन राखी आश्वासन दिई पिडितहरुलाई डेलिभरीको सामान आईपुगेको छ, तपाईले कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता बिभिन्न प्रयोजनमा रकम तिर्नु पर्छ भनी पिडितलाई बिश्वास दिलाई बिभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खातामा ८ लाख ४ हजार ९८५ रुपैयाँ रकम पठाउन लगाई ठगी गर्दै आएका थिए ।

ठगी कार्यमा संग्लन बाँके कोहलपुर ७ का २५ वर्षीय रमेश श्रेष्ठलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाईएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रबिन्द्र रेग्मीले बताए । पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगगरेर ठगी गर्ने विरुद्ध प्रहरीले कडाई गर्न थालेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ५ : ४१ बजे

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा