२२ माघ २०८२, बिहिबार | February 5, 2026

बाँके र बर्दियाका उद्योगी ब्यवसायीले गरे बैंकको सास्तीविरुद्ध आन्दोलनको घोषणा



नेपालगन्ज । बाँके र बर्दियाका उद्योगी ब्यवसायीले बैंक तथा बित्तीय संस्थाहरुले दिएको सास्ती विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । आज नेपालगन्जमा भएको संस्थागत भेलाले आन्दोलन परिचालन गर्नका लागि जम्बो संघर्ष समिति नै बनाएका छन् ।

बैंक तथा वित्तीय संस्थाले दिएको सास्तीविरुद्ध आन्दोलन गर्न नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी संंयोजक रहेको १००१ सदस्यीय व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । समितिको संरक्षकमा उद्योग बाणिज्य महासंघका सदस्य अब्दुल वाहिद मन्सुरी र संघका महासचिव भीमबहादुर रानाभाटलाई संघर्ष समितिको सदस्य सचिव बनाइएको छ ।

नेपाल सरकारको अव्यवहारिक कर नीति, बैंक तथा वित्तीय संस्थाको मनोमानी तथा खुला सिमानाको असरबाट उद्योगी व्यवसायीहरुले भोग्न परेका समस्याबारे संघले बिहीबार नेपालगन्जमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रमकै बीचबाट संघर्ष समिति गठन गरी आन्दोलनमा जाने निर्णय गरिएको हो ।

समितिमा बाँके र बर्दिया जिल्लामा क्रियाशील सबै उद्योगी र ब्यवसायीहरुको अध्यक्षहरुलाई सदस्यकारुपमा राखिएको छ । शुक्रबार दिउँसो सचिवालयको बैठक बसेर संघर्षका कार्यक्रमहरु तय गरिने समितिका संयोजक धामीले जानकारी दिए । उनले संघर्ष समितिलाई कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उद्योग वाणिज्य संघले पनि समर्थन लिएर आन्दोलनमा समावेश गरिने जानकारी दिए ।

 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ९ : ३९ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता