२२ माघ २०८२, बिहिबार | February 5, 2026

शहरभरी स्वास्थ्य संस्था र अस्पताल भएको नेपालगन्जमा नै मातृ मृत्युदर उच्च



नेपालगन्ज । साबिक मध्य र सुदुरपश्चिम तथा हाल आधा लुम्बिनी, पुरै कर्णाली र सुदुरपश्चिम प्रदेशको रिफरल सेन्टरकोरुपमा रहेको बाँकेको नेपालगन्ज आफैमा मातृ मृत्यदर उच्च रहेको शहरकारुपमा रहेको एक तथ्याँकले देखाएको छ । ठुलो संख्यामा विशषज्ञ चिकित्सकको सेवा र सुबिधा सम्पन्न अस्पतालको केन्दै रहेरपनि नेपालगन्जमा मातृ मृत्यु दर उच्च रहेको स्वास्थ्य कार्यालयको तथ्याँकले पुष्टि गरेको छ ।

सुविधा सम्पन्न स्वास्थ्य संस्थाको पहुँच भएको नेपालगन्जमा मातृ मृत्यु दर जिल्लाका अन्य पालिकाको तुलनामा उच्च रहेको देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकाभित्र चालु आर्थिक वर्षमा तीन जना आमाको मृत्यु भइसकेको छ भने गतवर्ष यहाँ पाँच जना आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार नेपालगन्जमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या पनि कम छैन । गतवर्ष बाहिरी जिल्लाबाट उपचार गर्न आएका सात जना गर्भवतीरसुत्केरीको नेपालगन्जमा मृत्यु भएको थियो ।

बाँकेमा पालिकागतरुपमा हेर्दा नेपालगन्जपछि नरैनापुरमा धेरै आमाको मृत्यु भएको छ । गतवर्ष नरैनापुरमा चार जना गर्भवती/सुत्केरीको मृत्यु भएको थियो । खजुरा गाउँपालिकामा तीन जना, राप्तीसोनारी गाउँपालिकामा दुई जना, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिकामा एक/एक जना गर्भवती/सुत्केरीको मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७९-८० मा बाँकेमा १८ जना गर्भवती/सुत्केरीको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८-७९ मा बाँके र बाहिरी जिल्लाका गरी ३२ जना र आर्थिक वर्ष २०७७-७८ मा बाँके र बाहिरी जिल्लाका गरी बाँकेमा ४७ जना गर्भवती/सुत्केरीको मृत्यु भएको थियो ।

अस्पतालहरुको हवकारुपमा विकास भएको बाँकेका नेपालगन्ज र कोहलपुरसम्म पुग्न सडक सञ्जालको सम्पूर्ण सुबिधा रहेरपनि जिल्लामा मातृ मृत्युदरमा कमी नआउनु अध्ययनको विषय बनेको छ ।

सरकारी निकायले समयमा गर्भ जाँच नगराउने र समयमा अस्पताल वा स्वास्थ्य संस्था नपुग्दा मृत्यु हुने गरेको दाबी गरेपनि अस्पतालमा पुगेका आमाहरुको मृत्यु हुने गरेको तथ्याँकमा देखिएको छ । सरकारी निकायले भने गर्भवती/सुत्केरीको मृत्यु बढी हुनुमा अपवादबाहेक घरपरिवार नै जिम्मेवार रहने आरोप लगाउँदै आएका छन् । घरपरिवारले सकेसम्म घरमै सुत्केरी गराउने प्रयास गर्ने र अन्तिम अवस्थामा पुगेपछि मात्रै अस्पतालमा लैजाने गरेकाले आमाको मृत्यु भइरहेको स्वास्थ्य अधिकारीहरुको भनाई छ । नियमित गर्भ जाँच गर्न भनिएपनि लापरबाही गर्ने गरिएको उनीहरुले भन्ने गरेका छन् ।

‘सरकारले नियमित गर्भ जाँच गर्नेलाई पैसा दिने गर्दछ । पैसाको सुविधा दिंदा पनि नियमित गर्भ जाँच गरिदैन । नियमित गर्भ जाँच नगरेपछि बच्चा र आमाको अवस्था थाहा हुँदैन ।’ एकजना स्वास्थ्य अधिकारीले भने ।

नियमित गर्भ जाँच गर्ने र समयमै स्वास्थ्य संस्थामा पु¥याउदा गर्भवती/सुत्केरीको मृत्यु हुने संभावना कम हुने स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी श्रेष्ठले बताए ।

बाँकेमा आमामात्रै होइन, नवजात शिशुको मृत्यु दर पनि उच्च रहेको छ । आर्थिक वर्ष २०७९-८० मा बाँके र बाहिरी जिल्लाका गरी बाँकेमा १ सय ४२ जना नवजात शिशुको मृत्यु भएको छ । नेपालगन्जमा ९७ जना, कोहलपुरमा ३३ जना, नरैनापुर र डुडुवा गाउँपालिकामा ४-४ जना, खजुरा र राप्तीसोनारी गाउँपालिकामा २-२ जनाको मृत्यु भएको थियो ।

आर्थिक वर्ष २०७८-७९ मा बाँके जिल्ला र बाहिरी जिल्लाका गरी बाँकेमा २ सय ५० जना नवजात शिशुको मृत्यु भएको थियो । नेपालगन्जमा १ सय ६० जना, कोहलपुरमा ६२ जना, राप्तीसोनारीमा ९ जना, जानकी गाउँपालिकामा ७ जना, बैजनाथ र खजुरा गाउँपालिकामा ५-५ जना र नरैनापुरमा २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

आर्थिक वर्ष २०७७-७८ मा बाँके जिल्ला र बाहिरी जिल्लाका गरी २ सय ३७ जना नवजात शिशुको बाँकेमा मृत्यु भएको थियो । सो अवधिमा नेपालगन्जमा १ सय २७ जना, कोहलपुरमा ७० जना, डुडुवामा ११ जना, नरैनापुरमा १० जना, राप्तीसोनारीमा ६ जना, बैजनाथमा ५ जना, खजुरा र जानकी गाउँपालिकामा ४-४ जनाको मृत्यु भएको थियो ।

बाहिरी जिल्लाका विरामीलाई नेपालगञ्ज र कोहलपुरका अस्पतालमा उपचार गराउन ल्याउने भएकाले यहाँ नै बढी मृत्यु दर देखिएको हो ।

 

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ४ : ४६ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता