३० श्रावण २०८३, शनिबार | August 15, 2026

साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको नयाँ आयामः मन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएकी छन् ।

यहाँस्थित इस्लिङ्टन कलेजले साइबर सुरक्षा र डिजिटल फोरेन्सिकसम्बन्धी अनुसन्धान गर्ने उद्देश्यले स्थापना गरेको साइबर सुरक्षा अनुसन्धान हब उद्घाटन गर्दै मन्त्री शर्माले साइबर सुरक्षा सरकारको राष्ट्रिय प्राथमिकतामा रहेको बताइन् । रु साढे दुई करोड लगानीमा स्थापना गरिएको यो साइबर सुरक्षा अनुसन्धान हब नेपालकै पहिलो शैक्षिक अनुसन्धान केन्द्र भएको कलेजको दाबी छ ।

“सूचना तथा प्रविधिको विकास र प्रयोगसँगै साइबर सुरक्षा निकै महत्वपूर्ण बन्दै गएको छ । यससँग सम्बन्धित क्षेत्रको सुरक्षा अहिले विश्वभर ठूलो चुनौतीको विषय बन्दै गएको छ”, मन्त्री शर्माले भनिन्, “व्यक्तिगत तथ्याङक सुरक्षादेखि मुलुकको सार्वभौम अक्षुण्ण राख्नेसम्मको काम महत्वपूर्ण बन्दै गएका छन् ।”

सूचना प्रविधि आफैँमा उदाउँदो क्षेत्र भएको र त्यसमा अझ साइबर सुरक्षा महत्वपूर्ण भएको उनको भनाइ छ । मन्त्री शर्माल भनिन्, “तपाईंहरुलाई थाहा नै छ, हामीले नेपालमा पहिलोपटक गत साउन २३ गते राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरेका छौँ । सूचना प्रविधि प्रणालीमा साइबर आक्रमणबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र भविष्यमा हुनसक्ने आक्रमणबाट सुरक्षित रहन साइबर सुरक्षा नीति जारी गरिएको हो ।”

राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० ले नौवटा रणनीति अघि सारेको मन्त्री शर्माले उल्लेख गरिन् । सोही अनुसार आफूहरु साइबर सुरक्षासम्बन्धी कानुनी र संरचनागत व्यवस्थामा जुटेको उनको भनाइ छ । मन्त्रालयमा साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदा निर्माण भइरहेको जानकारी दिँदै उनले साइबर सुरक्षाका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको प्रक्रिया पनि अघि बढाइएको बताइन् ।

साइबर सुरक्षा नीतिले जनचेतनामा पनि जोड दिएको र साइबर सुरक्षाका लागि अतिसंवेदनशील सूचना प्रविधि पूर्वाधार घोषणा गरेर त्यसको संरक्षण गर्ने नीति कानुनबाटै व्यवस्थित गरिने उनको भनाइ थियो । सूचना प्रविधिले सिमानारहित डिजिटल अर्थतन्त्रमा जोड दिने र मुलुक भूपरिवेष्टित हुँदा पनि असर नपर्ने भएकाले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने एकमात्र क्षेत्र नेपालका लागि सूचना प्रविधि नै हुने उनले स्पष्ट पारिन् ।

आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालेपछि साइबर सुरक्षालाई प्राथमिकतामा राख्दै आएको र मन्त्रालय परिसरमै सेक्युरिटी अप्रेसन सेन्टर (सक) स्थापना गरेर जिआइडिसी र जी क्लाउडमा होस्टिङ भएका सरकारी प्रणालीको २४ घण्टे अनुगमन सुरु गरिएको पनि मन्त्री शर्माले जानकारी दिइन् । त्यसपछि सरकारी सूचना प्रणालीमाथि आक्रमणका घटनामा पनि कमी आएको उनको भनाइ थियो ।

साइबर सुरक्षा विषय नेपालकै विश्वविद्यालयमा पठनपाठन सुरु गर्ने सरकारको लक्ष्य रहेको बताउँदै मन्त्री शर्माले त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थाले साइबर सुरक्षा विषयमा स्नातकोत्तर तहका लागि पाठ्यक्रम तयार गरिरहेको समेत बताइन् ।

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ७ : ४५ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर