१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २२ औं वार्षिक साधारणसभा, औद्योगिक क्षेत्रमा जग्गा अभावको अन्त्य र स्तरवृद्धिमा जोड



बुटवल । बुटवल औद्योगिक क्षेत्रमा जग्गाको अभावले त्यहा रहेका उद्योगहरुले आफ्नो क्षमता अनुसारको उत्पादन गर्न तथा औद्योगिक क्षेत्रको समग्र विकासमा बाधा उत्पन्न भएको उद्योगीहरुले बताएका छन् । लामो समयसम्म पनि औद्योगिक क्षेत्रको स्तरबृद्धिका बारेमा योजनाबद्ध काम हुन नसकेको र त्यसले समग्र यस क्षेत्रको औद्योगिक विकासमा नै प्रभाव पारेको उनीको भनाई छ ।

बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २२ औं वार्षिक साधारणसभामा बोल्ने उद्योगीहरुले स्वदेशी उद्योगको संरक्षण र प्रर्वद्धन विना अर्थतन्त्रको विकास हुन नसक्ने हुदा उद्योग सञ्चालनका लागि औद्योगिक क्षेत्रहरुको विस्तार र विकास जरुरी रहेको बताएका थिए । उनीहरुले बुटवल औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुले जग्गाको अभाव झेलीरहेका छन् भने त्यही बुटवल धागो कारखानाले ओगटेको जग्गा प्रयोग विहिन बनेको अवस्था रहेको बताए ।

कार्यक्रममा बुटवल औद्योगिक क्षेत्रको शौन्दर्यकरण, बाटो लगायतका भौतिक संरचनाहरुको निमार्ण, स्तरबृद्धि तथा उद्योग सञ्चालनका लागि थप जग्गाको व्यवस्थाको काम अगाडी बढाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई आग्रह गरिएको थियो ।

साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्थले औद्योगिक विकासका लागि उद्योग सञ्चालनको वातावरण बन्नु पर्दछ भन्ने मान्यतालाई आफुले सधै मनन गरेको बताउदै बुटवल औद्योगिक क्षेत्रमा रहेको जग्गाको अभावलाई पूर्ति गर्नका लागि बुटवल धागो कारखानाले प्रयोग गरेको जग्गा र भौतिक संरचनाका बारेमा छिट्ट निर्णय गर्ने प्रतिवद्धता जनाए ।

उनले आफु स्वयम उद्योगी भएको हुदा उद्योगका समस्याका बारेमा जानकार मात्र नभएर भुक्तभोगी पनि भएको बताउदै औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुका समस्यालाई बिर्सेर काम नगर्ने बताए ।

कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका केन्द्रीय अध्यक्ष रामहिरा पाठकले औद्योगिक क्षेत्रको विकासमा राज्यसंग स्पष्ट निती र नेतृत्वको अभाव हुदै आएका कारण उद्योगीहरुले सधै समस्या झेल्नु परेको बताउदै महासंघले अगाडी सारेका मागको सम्बोधन गर्न आग्रह गरे ।

नेपाल उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एवं नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष एजाज आलमले जबसम्म उद्योगीहरुका समस्यालाई सम्बोधन गर्ने सोंच र निति हुदैन तबसम्म औद्योगिक क्षेत्रको विकास हुन सक्दैन भन्दै बुटवल औद्योगिक क्षेत्रमा रहेको जग्गा अभावको समस्या सम्बोधन र मोतिपुर औद्योगिक क्षेत्र निमार्णको काम तत्काल थाल्नका लागि आग्रह गरे ।

संघ अध्यक्ष हिरामणी भट्टराईले स्वागत मन्तव्यसहित संस्थागत धारणा राख्दै उद्योग सञ्चालनमा जग्गाको अभाव एवं वजेटको अभावमा औद्योगिक क्षेत्रमा बाटो, पानी, आवासगृह तथा शौन्र्दयकरणका कामहरु अगाडी बढाउन नसकिएको बताउदै व्यवस्थापन लिमिटडले उद्योगीहरुलाई दिनुपर्ने विद्युत लगायतको छुटको रकम पाउन नसकेको जनाएका थिए ।

संघका अध्यक्ष हिरामणी भट्टराईको अध्यक्षता, महासचिव प्रज्वल थान्जुको सञ्चालनमा भएको कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका पूर्व अध्यक्ष तिलप्रसाद भट्टराई, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख ई। प्रकाश अधिकारी लगायत बोलेका थिए । कार्यक्रममा धन्यवाद संघका उपाध्यक्ष उपेन्द्र अग्रवालले गरेका थिए ।

सो अवसरमा उत्कृष्ट उद्योगीका रुपमा कोहिनुर मेटल उद्योगका सञ्चालक रामप्रसाद बस्याललाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ८ : १४ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति