१० असार २०८३, बुधबार | June 24, 2026

अमेरिकामा नेपाली साङ्गीतिक उत्सव



न्युयोर्क । नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आइतबार आयोजित ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२३’ मा नेपालका वरिष्ठ कलाकारहरुले प्रस्तुति दिएका थिए । वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्य, गायक एवं सङ्गीतकार कालिप्रसाद बाँस्कोटा, गायिका प्रविसा अधिकारी, दोहोरीगीत प्रस्तोता कृष्ण कँडेल तथा गायक विमल डाँगी र निशा विश्वकर्माको प्रस्तुतिले यहाँ भेला भएका नेपाली भाषी दर्शकलाई निकै मनोरञ्जन दिएको थियो ।

सोही समारोहमा नेपाली गीतमा ह्यारिसवर्ग, ल्यान्क्यास्टर र स्क्रान्टन सहरका इन्ट्रा सङ्गीत एवं नृत्य विद्यालयका बालबालिका र किशोरकिशोरीको प्रस्तुति एवं ती सहरका स्थानीय नेपाली कलाकारका सांस्कृतिक प्रस्तुति निकै रोचक थिए ।

त्यसैगरी गायक केशव पौडेल, मुस्कान मगर, जीवन गुरुङ तथा मोडल एवं नृत्य प्रशिक्षक शङ्कर विसी, पार्वती राई र रुपेस उप्रतीको साङ्गीतिक प्रस्तुतिले पनि यहाँ उपस्थित रहेका नेपाली भाषीलाई थप मनोरञ्जन दिएको थियो ।

कार्यक्रममा पेन्सिलभेनिया राज्यका सांसदहरु प्याटी किम, डेभिड मेड्सेन र जस्टिन फ्लेमिङ्ग एवं यहाँका स्थानीय सङ्घसंस्थाका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको उद्घाटन गर्दै इन्ट्रा–फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारभरकै नेपाली जातिलाई कला र संस्कृतिका माध्यमबाट एकसूत्रमा बाँध्न सकिने र सांस्कृतिक एकताको अभियान नै चलाएर नेपालीहरुको मनलाई जोड्न सकिने भएकाले समयसमयमा यस्ता कार्यक्रम गर्ने गरेको बताए ।

सो फाउण्डेसनका निर्देशक ओम गुरुङले नेपाली भाषा, संस्कृति मानेका कारण नै भुटानबाट लखेटिएर आफ्नो पितृभूमि नेपाल पुग्दा शरणार्थी बन्न बाध्य हुनुपरेकाले अमेरिका आएर पनि आफ्नो नेपाली जातीय पहिचानलाई अघि बढाइरहेको जानकारी दिए ।

त्यसैगरी गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा अर्जुन बञ्जाडे र भुटानिज कम्युनिटी इन ह्यारिसवर्गका अध्यक्ष तिलक निरौलालेले संस्कृतिका माध्यमबाट अमेरिकामा नेपाली पहिचानलाई जीवन्त राख्न गरिएको प्रयासको प्रशंसा गरे ।

नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट सुरु भएको सो सांगितीक कार्यक्रममा स्थानीय कलाकारहरुले लोक तथा आधुनिक गीत, टप्पा र साकेला नृत्यसमेत प्रस्तुत गरेर नेपालको पहिचानलाई अमेरिकी नेपालीबीच प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १ : ४२ बजे

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं