२४ श्रावण २०८३, आइतबार | August 9, 2026

संविधान दिवसको शुभकामना दिदै अमेरिकाले भन्यो- आर्थिक वृद्धिका निम्ति निरन्तर सहकार्य गर्न प्रतिबद्ध छौं



काठमाडौँ । संविधान दिवसका अवसरमा अमेरिकाले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ ।

अमेरिकी सरकारकातर्फबाट विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई अधिक महत्व दिएको जनाएको छ ।

विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका तर्फबाट उक्त मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई नेपालको आर्थिक वृद्धिमा सघाउने अनुदान परियोजनाका रूपमा व्याख्या गर्दै , न्याय र प्रजातान्त्रिक मूल्यमान्यताको प्रवरद्र्धनका साथै जनस्तरको सम्बन्ध विस्तार र आर्थिक वृद्धिका निम्ति भविष्यमा पनि निरन्तर सहकार्य गर्न अमेरिका प्रतिबद्ध रहेको जनाइएको छ ।

ऐतिहासिक सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक हालै पारित भएकोलगायत लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन नेपालले धेरै उपलब्धि हासिल गरेको महत्त्वपूर्ण क्षणमा अमेरिका पीडितहरूलाई न्याय दिलाउने दिशामा उक्त विधेयकको सफल कार्यान्वयनको प्रतीक्षा गरिरहेको वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  १० : ३५ बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको